डेंगुका रोगीहरु बढ्दै

२०७३ कार्तिक १७ गते, बुधबार

काठमाडौं, १७ कात्तिक । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुको संक्रमणका रोगीहरु बढ्न थाले बताएको छ । साउन यता मात्रै देशभरी ५ सय ८५ मान्छे त्यो रोगबाटग्रसित भएको महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा भिम आचार्यका अनुसार चितवनमा मात्रै ४ सय १२ जनामा डेंगु फेला परेको छ । त्यसपछि झापामा १३९ जना यसबाट संक्रमित भएको जानकारी दिए । डेंगुको प्रभावित जिल्लामा आवश्यक औषधी र चिकित्सक खटाइसकेको डा आचार्यले बताए । उनले मंसिरको पहिलो हप्तासम्म यो समस्या समाधान हुने बताए ।
संक्रमित बिरामीले उपचार पाइरहेको र हालसम्म कसैको ज्यान नगएको पनि उनले बताएका छन् । निर्देशक डा आचार्यले डेंगु लामखुट्टेको टोकाइबाट सर्ने सामान्य रोग भएको बताए । उनका अनुसार मानिसको घरमा रहेको सफा पानी, गमला, टायर मर्मत केन्द्र, एयर कन्डिसन जस्ता स्थानमा एडिस प्रजातिको लामखुट्टे बस्ने भएकाले सर्वसाधारण्ँले यस्ता ठाँउमा लामखुट्टे आउँछ कि भनेर सचेत रहनुपर्ने हुन्छ ।
नेपालले आधिकारिक रूपमा सन् २००६ को नोभेम्बरमा डेंगु देखिएको जनाएको थियो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु