माओवादी जनकारवाहीको तयारीमा

२०७३ कार्तिक १७ गते, बुधबार

काठमाडौं, १७ कात्तिक । नेकपा माओवादीले संघर्षका कार्यक्रमहरु तीब्र पारेको छ । माओवादीले १९ गते कोणसभा, २१ गते पोस्टरिङ्ग, २२ गते थाल ठटाउने जुलुश, २३ गते चक्काजाम लगायतका कार्यक्रम सार्बजनिक गरेको छ । उसले यसअघि नै खाद्य सम्प्रभुता सुनिश्चित गर्न दबाव दिने उद्धेश्यले २८ गते नेपाल बन्द गर्ने उदघोष गरि सकेको छ । यसबीच कालो बजारी गरेर कृतिम अभाव र मुल्यबृद्धि गर्नेहरुका विरुद्ध माओवादीले जनकारवाही गर्ने तयारी गरिएको बुझिएको छ ।
स्मरण रहोस् माओवादीले दैनिक उपभोग्य बस्तुको मुल्यमा ५०% मुल्य घटाउनु पर्नेे माग राख्दै सरकार समक्ष ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]