राजकुमारलाई कोर्रा !

२०७३ कार्तिक १८ गते, बिहीबार

काठमाडौँ, १८ कात्तिक । साउदी अरबका एक राजकुमारलाई जेलमा कोर्रा हानिएको छ । साउदी नरेशको आदेश अनुसार राजकुमारलाई जेद्दास्थित जेलमा कोर्रा हानिएको संचारमाध्यमहरुले जनाए पनि उनीमाथिको आरोपका बारेमा भने खुलाइएको छैन । दुई साताअघिमात्र हत्या अभियोगमा एक अर्का राजकुमारलाई मृत्युदण्ड दिइएको थियो ।
साउदी अखबार ‘ओकाज’ का अनुसार सोमबार मेडिकल परीक्षणपछि ती राजकुमारलाई जेलमा कोर्रा हानिएको हो । उनी कोर्रा हान्नका लागि शारीरिक रुपमा योग्य भए–नभएको जाँच गरेपछि उक्त सजाय दिइएको हो । सो अखबारले ती राजकुमारको नाम सार्वजनिक गरेको छैन । साउदी न्याय मन्त्रालयले यसबारेमा कुनै टिप्पणी गरेको छैन ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]