प्रणवका कारण सर्बसाधारण प्रताडित
काठमाडौ, १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण सर्बसाधारण प्रताडित भएका छन । मुखर्जीको भ्रमणका क्रममा आज पनि काठमाडौको ट्राफिक व्यवस्थापन कठिन भएको छ । मुखर्जीको भ्रमणका कारण आज बिहान ९ देखि सवारी आवागनमा असहजता आउनेछ । भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन आज नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन । त्यसपछि हायात होटेलसम्म फर्कनेछन् । त्यतिबेला केही सडकखण्ड खाली गराइनेछ ।
बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । बिहान १० देखि अपराह्न २ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र नयाँ सडक क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने प्रहरीले जनाएको छ ।
त्यस्तै अपराह्न ४ देखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । आजै साँझ ५ देखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने बताइएको छ ।
साँझ ६ः३० देखि बेलुकी ८ः३० सम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
राती ८ देखि राति १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुनेछ । भ्रमणको तेस्रो दिन भोलि १९ गते राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाने कार्यक्रम रहेकाले काठमाडौँ उपत्यकाको सवारी आवागमन धेरै समय अवरोध हुने छैन ।