छिमेकी – इन्दिरा प्रयास

२०७३ कार्तिक १८ गते, बिहीबार

छिमेकी त्यों हो जून
छिमेकीलाई परेको बेला
तन मन धनले सहयोग गर्छ।
छिमेकी जो हो त्यों
छिमेकीको अर्थ बुझेको हुन्छ ।
थाहा छ छिमेकीको अर्थ?
छैन भने सुन्नुहोस्
छी – छिमेकीको खिल्ली उडाउदै छि छि दूरदिर नगर्ने
मे -मेलमिलापको भावना राख्ने
की -छिमेकीको अफ्ठयारा किल्ला किल्लामा साथ दिने
तर
हाम्रा तल्ला घरे काका
ठीक बिपरीत स्वाभावका छन्
छिमेकीको खेतको आली तस्दा तास्दै
छिमेकीको आँगनमा पनि हक़ जमाउँन
कसरी हुन्छ उनीहरु रुवाएर धज्जी उडाउन
पछि पर्दैनन् उनी
थाहा छ आज
हाम्रो घरमा खुशियाली छाएको छ
जताततै फूलै फूलले
ब्यानरै ब्यानरले
घरका गल्ली गल्ली झकिझाकाउ भएका छन्
घरका सबै सदस्य
मनमा ढुङ्गो राखेर
सयपत्री मुस्कानले स्वागत गर्दैछन्
आज हाम्रा तिनै काका
जहिले हामी भुकम्पले थिचिएर
चिच्याइ रहेका बेला
घरमा भएको सबै अन्न पुरिएका बेला
अरु छिमेकीले दिएको पैसाले
बेसाह किन्ने बजार जाने बाटो थुन्ने
हाम्रो घरको मामिलामा हस्तक्षेप गर्ने
हाम्रो झुपडीमा खुशी हैन दुःख भित्र्याउन
अनि हामीलाई भोक भोकै
मार्न चाहने काका
हो चिन्नु भो होला नि
त्यिनै काका
महान तल्लाघरे काका आउनु भएको छ
नसोचनुहोस्
यी काकाको नियत बदलियो भनेर
कुनै सामन मग्न सक्छन्
न खोल्नुहोस् भंडारको चावी
आँखा लाग्न सक्छ
तर उनको सम्मानमा
कति कमी हून नदिनोस्
आफ्नी आमाले सिकाएका
संस्कारको रक्षा गर्नुहोस्
जे जस्तो भएपनि काका
हाम्रा छिमेकी हुन
मर्दा पर्दा इनै चाहिन्छन्
दादुभाई त हुँदाका हुन
नहुदा फर्केर पनि हेर्दैनन्
बैगुनी काकालाई
हामी सबैले गुनले मार्नु पर्छ
हामीले गरेको सम्मान देखेर
बैगुनी काकाको भित्री आत्माले
आशीर्वाद दिनेछ

भन्नेछ उनैलाई देखिस्
तेरो छिमेकी कति स्वच्छ आत्माको छ
तेरो तेत्रो अमानवीय ब्यवहारलाई
बिर्सिएर आज तेरो सम्मानमा जुटेको छ
स्वागत छ काका हजुरलाई
अनि रमाउनुहोस् हाम्रो झुपडीमा
हजुरको जस्तो सिगामर्मरको महल नभए पनि
बिबिध परिकारले अघाउन नसके पनि
हामी हजुरलाई अभिभावकको दर्जामा राख्छौ
हजुरको भोको पेट ढिढ़ो र सिस्नुले भराउछौ
अनि भन्नुहोस् उहाँलाई
हाम्रो थोरै खेतमा आँखा नलगाउनु
हाम्रो पिउने पानीको मुहान नथुनिदिनु
हाम्रा आमा दिदी बहिनीको अस्मितामा
झुक्किएर पनि खेलवाड़ नगर्नु होला
काका ख़ुशी भएर बस्नु
अनि खुशीको बहार लिएर जानुहोस्
हओस त काका
हजुरको जय होस् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार