‘युद्धमा गोर्खा रेजिमेण्ट प्रयोग नगर ‘

काठमाडौं , १८ कात्तिक । नेकपा (माओवादी) ले भारत र पाकिस्तानको विवादीत सिमा क्षेत्रमा गोर्खाली सेना प्रयोग गर्ने भारतको निर्णयको विरोध गरेको छ । भारत र पाकिस्तानको विवादीत सिमा क्षेत्रमा तनाब बढेपछि भारतले गोर्खाली सेना प्रयोग गर्ने निर्णय गरेको थियो । भारत र पाकिस्तान स्वतन्त्र भएदेखि जम्मु, काश्मीरको विषयलाई लिएर पाकिस्तान र भारतबीच तनावको स्थिति रहँदै आएको छ । सन् १९७१ मा भारत र पाकिस्तानको बीचमा घमासान युद्ध भएको थियो । सो युद्धमा भारतले गोर्खा रेजिमेण्टलाई प्रयोग गरेको थियो । भारतीय शासकले नेपाली गाेर्खाली सेनालार्इ बढि जाेखिमपूर्ण स्थानमा पठाउनुका साथै उनीहरूलार्इ सुविधामा विभेद गर्ने गरेकाे छ । नेपालीले गाेर्खा भर्ति केन्द्र बन्द गर्नु पर्ने धारणा राखदै अाएका छन् । हालैको तनावमा गएको सोमबार पाकिस्तानी सेनाको फायरिङबाट धरान -११, सोलिङका विमल तामाङको मृत्यु भएको छ । यसै सन्दर्भमा भारतीय विस्तारवादका विरुद्ध नेकपा (माअाेवादी) ले कार्तिक १९ गतेे शुक्रबार रत्नपार्ककाे शान्ति बाटिकाबाट भारतीय दुतावास रहेकाे लैनचाैरसम्म विराेध प्रदर्शन गर्ने भएको छ ।
यस सन्दर्भमा नेकपा (माओवादी)का अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ :