माअाेवादीले दिउसाे १२ बजे रत्नपार्कबाट विराेध जुलुस निकालेर भारतीय दुतावास घेराउ गर्ने

काठमाडौं , १९ कात्तिक । नेकपा माअाेबादीले आज लैनचाैर स्थित भारतिय दुतावास घेराउ गर्ने भएकाे छ । माअाेबादीले भारतिय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमै रहेकाे बेला प्रचण्ड सरकारले भारतप्रति अत्यन्तै तल्लाे स्तरमा गिरेर लाचारीपना देखाएकाे र पछिल्लाे समय भारतले पाकिस्तानसँगकाे लडाइँमा गाेरखा सैनिक उतारेकाे भन्दै त्यसकाे विराेध स्वरुप आज भारतिय दुतावास घेराउ गर्न लागेको हो । माअाेवादीले आज दिउसाे १२ रत्नपार्कबाट विराेध जुलुस निकालेर भारतीय दुतावास घेराउ गर्ने जनाएकाे छ ।
माअाेवादीका प्रवक्ता प्रकाण्डले नेपालप्रति हेपाहा प्रवृति राख्दै अाएकाे भारतसँग एउटा स्वाधीन देशकाे पहिचान देखाउनुकाे सट्टा उल्टै गुलामी गर्नतिर वर्तमान सरकार लागेकाे भन्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीकाे नेपाल भ्रमण र त्यसका लागि सरकारले गरेकाे व्यवहार गुलामीकाे निकृष्ट नमूना भएकाे उनले बताए ।
प्रवक्ता प्रकाण्डले अर्काे देशकाे राष्ट्रपतिलार्इ अाफ्नाे देशमा भित्र्याउन सार्वजनिक विदा दिइनु, राजधानीमा सेना समेत उतारेर अघाेषित कर्फ्यू लगाइनु र जनतालार्इ ठूलाे सास्ती दिनेगरी सडक बन्द गर्ने कार्यले वर्तमान सरकारकाे दलाल प्रवृति प्रष्टिएकाे बताए । मुखर्जीकाे स्वागतमा नेपालका राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबै सबैजना लुरुक्क परी एयरपाेर्टमा गएर देशकाे शिर झुकाउने काम गरेकाे उनको ठोकुवा छ ।
यस अघि माअाेवादीले मुखर्जी अाउनुभन्दा एकदिन अगाडि पनि राजधानी काठमाडाैंमा विराेध प्रदर्शन गरेकाे थियाे । माअाेवादीले सरकारले भारतीय राष्ट्रपतिका लागि सार्वजनिक विदा दिएकाे भन्दै त्यसकाे कडा विराेध समेत गरेकाे थियाे ।
यसैगरी माअाेवादीले भारतीय सेनामा कार्यरत गाेरखा सैनिकहरु फिर्ता गर्न पनि माग गरेकाे छ । पछिल्लाे समय भारतले पाकिस्तानसँगकाे लडाइँमा गाेरखा सैनिक उतारेकाे भन्दै त्यसकाे विराेध समेत माअाेवादीले गरेकाे छ । पाकिस्तानसँगकाे लडाइँमा पछिल्लाे समय भारतीय गाेरखा सैनिक विमल तामाङकाे मृत्यु भएकाे थियाे ।