माअाेवादीको विराेध जुलुसमा प्रहरी हस्क्षेप

२०७३ कार्तिक १९ गते, शुक्रबार

काठमाडौं , १९ कात्तिक । नेकपा माअाेबादीको विराेध जुलुसमा प्रहरीले हस्क्षेप गरेको छ । माअाेवादीले आज दिउसाे १२ रत्नपार्कबाट भारतीय दुतावास घेराउ गर्न आयोजना गरेको विराेध जुलुसमा प्रहरीले हस्क्षेप गरेको हो । माअाेबादीले भारतिय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमै रहेकाे बेला प्रचण्ड सरकारले भारतप्रति अत्यन्तै तल्लाे स्तरमा गिरेर लाचारीपना देखाएकाे र पछिल्लाे समय भारतले पाकिस्तानसँगकाे लडाइँमा गाेरखा सैनिक उतारेकाे भन्दै त्यसकाे विराेध स्वरुप आज भारतिय दुतावास घेराउ गर्न लागेको थियो ।
प्रहरीले भारतीय सरकारकाे गलत रवैयाका कारण भएकाे नेपाली युवा विमल तामाङकाे हत्याका विरूद्ध गर्न लागिएकाे प्रदर्शन गर्न नदिइ गिरफ्तार गरेकाे माअाेवादीले जनाएको छ । यसरी गिरफ्तार हुनेहरूमा अनिल शर्मा बिरही, केशव शर्मा ,आकास भेटवाल ,प्रकाश अधिकारी, धुर्व अधिकारी, टंक जोशी, दुर्गा अधिकारी , सुर्य भुजेललगायत बाटो हिडिरहेका सर्ब साधारण समेत रहेको बुझिएको छ । उनिहरूलार्इ महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]