नाकको प्वालमा लुकाएर लागुऔषधको कारोबार !

२०७३ कार्तिक २२ गते, सोमबार

काठमाडौं,२२ कात्तिक । रुपैडियाबाट नाकको प्वाल (पोरा) मा लुकाएर लागुऔषध ल्याउँदै गरेका ३८ वर्षीय मेहन्दी हसनलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । मेहन्दी हसनको हाउभाउले लागुऔषध प्रयोगकर्ता वा विक्रेता भएको आशंका लागेर चेकजाँच गर्दा नाकको प्वालमा लागुऔषध लुकाएको पाइएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले बताए ।
शंका लागेर उनको शरीर खानतलासी गर्दा नाकको प्वालमा पाँचसय मिलिग्राम ब्राउनसुगर फेला परेको क्षेत्रीले बताए । ‘नभिज्नेगरी प्लास्टिकले बेरेर नाकको प्वालमा राखेको अवस्थामा ब्राउनसुगर फेला पार्न सफल भयौं,’ उनले भने । जाँच गर्ने क्रममा मेहन्दी हसन आत्तिएपछि केरकार र शरीरमा खोजतलास गरेको क्षेत्रीले बताए । – नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]