आइएसद्वारा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मुस्लिमहरुलाई टाढा रहन आग्रह

२०७३ कार्तिक २२ गते, सोमबार

काठमाडौं,२२ कात्तिक । अमेरिकामा ८ नोभेम्बरका दिन राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । अन्तर्राष्ट्रिय आतंकवादी संजाल इस्लामिक स्टेट (आइएस) ले अमेरिकी राष्ट्रपति पदका लागि हुने निर्वाचनमा आक्रमण गर्ने चेतावनी दिएको छ । आइएसले अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट टाढा रहन मुस्लिमहरुलाई आग्रह गरेको छ । अमेरिकी सुरक्षा एजेन्सीहरुले पनि हमलाका सम्बन्धमा सचेत गराएका थिए तर उनीहरुले आइएसबाट नभई अलकायदाबाट हमला हुन सक्ने जनाएका थिए ।
आइएसले सात पेज लामो एक नोट जारी गरेको हो । उक्त नोटमा अमेरिकी मुस्लिमलाई मतदानबाट टाढा रहन चेतावनी दिइएको छ । अमेरिकी अखबार युएस टुडेले आइएसको धम्कीसम्बन्धी समाचार प्रकाशित गरेको छ । अमेरिकामाथि यस प्रकारको हमला जायज हुने उल्लेख गर्दै आइएसले भनेको छ, ‘हाम्रालागि रिपब्लिकन र डेमोक्रेटबीच तात्विक भिन्नता छैन । उनीहरु सबै मुस्लिमविरुद्ध छन् ।’ – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु