माओबादीद्वारा देशभर थाल जुलुश प्रर्दशन

काठमाडौ, २२ कात्तिक । नेकपा(माओबादी)ले आज देशभर थाल जुलुश प्रर्दशन गरेको छ । पार्टिको केन्द्रिय कार्यक्रम अनुसार आज देशभर माओबादीले थाल जुलुश प्रर्दशन गरेको हो ।
जनतन्त्र,जनजिबिका र राष्ट्रियताका सबाललाई लिएर लगातार सचेतना अभियान सञ्चालन र सङघर्ष गर्दै आएको माओबादीले पछिल्ला समय महँगि,भष्ट्रचार र कालोबजारि बिरुद्द शसक्त कार्यक्रम चलाउदै आएको छ ।
माओबादीले जनताको दैनिक उपभोग्य बस्तु तथा सेबासुबिधामा भएको मुल्य बृद्दिले जनताको ढाड सेकेको भन्दै मुल्य बृद्दि तत्काल घटाउन र गरिब जनताको चुल्हो बल्ने स्थितिको सिर्जना गर्न जोडदार माग गरेको छ ।
राज्यकै तथ्याङक अनुसार पनि २७.३ प्रतिशत तथा ७७ लाख८0 हजार पाच सय नेपालि गरिबिको रेखामुनि छन जसको दैनिक आम्दानि ५२ रुपिया पनि छैन भने एक किलो चामलको मुल्य समेत ५५ पर्छ कसरि झन्डै ७८ लाख जनताको घरमा चुल्हो बलेको छ माओबादीले राज्य प्रशासक सगँ प्रश्न उठाएको छ ।
माओबादीले कालोबजारी र कमिशनखोर हरु नै राज्यका कतिपय निकायहरुको मिलिमोतोले बस्तु तथा सेवाको मुल्य बृद्दि गराएर गरिब जनताको ढाड सेकिएको आरोप लगाएको छ ।
मङसिर महिनामा किसान सगँ १७ रुपिया मा धान किनेर घुमाउरो पाराले किशान मारेको आरोप समेत माओबादीको छ ।
ईन्डियन आयल निगम सगँ४२ रुपिया छ पैशा प्रतिलिटर प्रेट्रोल खरिद गरेर नेपालमा ९७ रुपिया प्रतिलिटल जनतालाई बेच्ने काम गरेर जनता ठगिएको छ त्यस्तै प्रतिलिटर ४१ रुपिया ६४ पैशामा डिजल खरिद खरेर प्रतिलिटर ७३ रुपियामा बेचिएको छ भने ग्यास शिलिन्डर आठ सय तिस रुपिया ९७ पैशामा खरिद गरेर एक हजार तिन सय पच्चिसमा ब्रिकि गरिएको छ यो सरासर लुट हो माओबादीले भनेको छ ।
राजस्व,ढुबानि र अभिबृद्दि कर जोडिए पनि यति महँगो पर्दैन तर कालोबजारिय र कमिशन खोरहरु सरकारि सँरक्षणमा यो गतिबिधि गरिराखेका छन माओबादीको आरोप छ ।
माओबादीले खाधँ सम्प्रभुताकै आन्दोलनका क्रममा देशभर अर्न्तक्रिया,मोटरसाईकल र्यालि,चक्काजाम,नेपाल बन्द सम्मका आन्दोलनका कार्यक्रमा घोषणा गरेको छ ।
लुम्बिनिका सबै जिल्लामा थाल जुलुश सम्पन्न
नेकपा (माओबादी)को केन्द्रिय कार्यक्रम अनुसार आयोजित थाल जुलुश कार्यक्रम लुम्बिनि अञ्चलका छ बटै जिल्लामा सम्पन्न भएको छ ।
रुपन्देहिको बुटबलमा आयोजित थाल जुलुश कार्यक्रम पार्टि कार्यलय रातोघर देखि पुष्पलाल पार्क सम्म पुगेर कोण सभामा परिणत भएको थियो ।कोण सभामा रुपन्देहिका सेक्रेटरी सरद वलि जिल्ला कार्यलय सदस्य अमर आर सि लगाएतले सम्बोधन गरेका थिए ।
यस्तै नबलपरासिमा आयोजित जुलुश प्रर्दशनमा जिल्ला सेक्रेटरी पदम केशि(जुझारु),जिल्ला कार्यलय सदस्य रामपृत हरिजन लगाएतले सम्बोधन गरेका थिए ,कपिलबस्तुमा आयोजति
कार्यक्रममा जिल्ला सेक्रेटरी सगँम पुन,गुल्मि,अर्घाखाचि र पाल्पामा आयोजित कार्यक्रममा क्रमश बिस्नु पन्त,सुमन ज्ञवालि र धिरज रानाले सम्बोधन गरेका थिए ।- प्रकाश डुम्रे