पञ्चेबाजा संरक्षण अभियान सुरु

२०७३ कार्तिक २३ गते, मंगलवार

काठमाडौं, २३ कात्तिक । बाराका स्थानीयले परम्परागतरुपमा बजाइँदै आएको पञ्चेबाजा लोप हुँदै गएको भन्दै धौलागिरी बाजा समूह निर्माण गरी संरक्षण अभियान सुरु गरेका छन् । उनीहरुले आजीवन सदस्य बनाइ संकलित रकमबाट पञ्चेबाजा खरिद गरेका छन् । व्यावसायिकरुपमै पञ्चेबाजा बजाउने कार्यमा सबै समुदाय लाग्नुपर्ने र यसले लोप हुँदै गएको संस्कृतिलाई जगेर्ना गर्ने विश्वास उनीहरुले लिएका छन् ।
त्यसैगरी एउटै समुदायले मात्रै पञ्चेबाजा बजाउनुपर्ने मान्यताको अन्त्य गर्नसमेत यसले सहयोग पुग्ने विश्वास स्थानीयको छ । विवाह, ब्रतबन्ध, पूजाआजालगायतका धार्मिक कार्यमा बाहिरी जिल्लाबाट महंगो मूल्य तिरेर पञ्चेबाजा ल्याउनुपर्ने अवस्था आएपछि स्थानीयले संरक्षण अभियान सुरु गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]