आज विश्व रक्तदाता दिवस

२०७० जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौं, जेठ ३१ – रक्तदान गरौँ जिवन उपहार दिऔं भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइँदैछ ।दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाले अन्तरक्रिया, साइकल र्‍याली, प्रभातफेरी, चित्रकला, बक्तृत्वकला लगायतका कार्यक्रम गर्दैछन ।मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ तारिखमा विरामीको ज्यान बचाउन सहयोग गर्ने रक्तदातालाई धन्यवाद दिन तथा सम्मान गर्न दिवस मनाउन थालिएको हो ।
नेपालमा पहिलोपटक समाजसेवी दयावीरसिंह कंशाकारले रक्तदान गरेर अभियान थालेयता १ लाख ७० हजारले रक्तदान गरेका ब्लड डोनर्स एसोसिएसन नेपालले जनाएको छ ।
जनचेतनाका कारण रक्तदाताको संख्या पछिल्लो समय बढ्दै गएको सरोकारवालाहरु बताउँछन् । तर रगत संकलन प्रक्रिया व्यवस्थित नहुँदा रक्तदाताको संख्या बढेपनि समयमै रगत पाउन नसकेर बिरामी र उनीहरुका आफन्तले सास्ती झेल्नु परेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०११ मा संसारभर झण्डै ८ करोड ३० लाख स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए ।
स्वयंसेवी रक्तदाता रगतको सबैभन्दा सुरक्षित श्रोत भएको र त्यस्ता रक्तदाताको रगतबाट रगतका कारण उत्पन्न हुने संक्रमण कम हुने गरेको भन्दै संगठनले स्वयंसेवी रक्तदानमा जोड दिएको छ ।संगठनका अनुसार संसारमा कम्तीमा ६० देशमा शतप्रतिशत रगत आपूर्ति स्वयंसेवी रक्तदाताबाट हुने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार