ऐतिहासिक केलादीधाम क्षेत्र ओझेलमा

२०७३ कार्तिक २५ गते, बिहीबार

काठमाडौं, २५ कात्तिक । कालीगण्डकीबेँसीको साँखरमा रहेको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेको केलादीधाम क्षेत्र ओझेलमा परेको छ । धार्मिक महत्वका दृष्टिकोणले नेपालमै प्रख्यात बनेको साँखर गाविसस्थित यस केलादीधाम क्षेत्रको स्तरोन्नति नहुँदा अहिले यहाँ आउने श्रद्धालु भक्तजनको सङ्ख्यामा कमी आएको छ । नेपालकै केन्द्रीय कार्यालय ‘नेपाल निम्वार्क’ राधादामोदर मन्दिरको स्वामित्वमा रहेको केलादीधाममा संस्कृत माध्यममा अध्ययन अध्यापनका लागि देशैभरबाट सयौँको सङ्ख्यामा पढ्न आउने गरेकामा अहिले कम हुँदै गएको छ । पहिले पहिले यस क्षेत्रको दर्शन गरे मात्र मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा दिनहुँ घुइँचो लाग्ने गर्दथ्यो तर पछिल्लो पाँच वर्षयता कमी हँुदै गएको छ ।
यहाँ विसं २००८ सालमा निर्माण गरिएको पुरानो तीनतले सत्तल र राधाकृष्णको मन्दिर रहेको छ । पुरानो शैलीमा निर्मित यो सत्तल अहिले जीर्ण बन्दै गइरहेको छ । यहाँ पूजाआजा गर्न टाढाटाढाबाट आउने भक्तजनको बसोबासका लागि बनाइएका कुटीहरु पनि रहेका छन् । यी कुटीको अवस्था पनि नाजुक बन्दै गएको छ जसले गर्दा यसको पौराणिक महत्व नै हराउँदै जान थालेकामा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । यहाँ रहेको पुरानो राधाकृष्णको मन्दिर जीर्ण बन्दै गएपछि नयाँ मन्दिर निर्माण कार्य थालनी गरिए पनि आर्थिक अभावमा निर्माणाधीन मन्दिरको भवन अलपत्र अवस्थामा छ । सानो रकमले विकासका कार्य गर्न नसकिने र आयस्रोत कम हुँदा संरक्षण गर्न समस्या परेको मन्दिरका सचिव लेखनाथ बस्ताकोटीले बताउछन ।
करिब एकसय रोपनी क्षेत्रफलमा फैलिएको केलादीधाम क्षेत्रको विकास गर्न सकेको खण्डमा यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्नेछ । कालीनदीको किनार नजिकै रहेको यस केलादीधाम क्षेत्रमा एकादशी, माघेसङ्क्रान्ति लगायतका विभिन्न पर्वमा ठूलै मेला लागेका बखत यस धामको अवलोकन गर्नेको घुइँचो हुनेगथ्र्यो तर पछिल्लो समय भने ठूली एकादशी मेला भर्न आउनेहरु नदी किनारबाटै फर्कने गरेको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताए । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु