‘जनताले माओवादी खोज्न थालेका छन्’

काठमाडौ, २७ कात्तिक । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको हाइट बढ्दै गएपछि अहिले जनताले संकटको बेला आप्mनो पार्टीलाई खोज्न थालेको बताएका छन् । राष्टिय युवा जनस्वयंसेवकले शुक्रवार आयोजना गरेको केन्द्रीय प्रशिक्षण कार्यक्रममा युवाहरुलाई प्रशिक्षण दिंदै विप्लवले पार्टी स्थापनाको दुई वर्ष नपुग्दै जुन हाइट लिएको छ, त्यो इमान्दार कार्यकर्ता र जनताको मायाले सम्भव भएको विप्लवको दावी थियो । ‘मूख्यतः पार्टीको कार्यदिशा एकीकृत जनक्रान्ति बैज्ञानिक र बस्तुवादी भएकाले जनता आज हाम्रो पार्टीलाई संकट परेका बेला खोज्न थालेका छन् हामीले हरेक संकटलाई हल गर्ने साहसका साथ अघि बढ्नुपर्छ,’ विप्लवले भने । जनताको आशालाई विश्वासमा र सम्भावनालाई यथार्थमा बदल्नु नै माओवादीको वास्तविक चरित्र भएकाले यही उद्दे्श्यका साथ लाग्न युवाहरुलाई विप्लवले निर्देशन दिए । ‘अहिले जुन आशा हामीमाथि छ, त्यसलाई हरहालतमा हामी सबै मिलेर विश्वासमा बदल्नु जरुरीछ,’ उनले भने, ‘माओवादी जनयुद्धले हामीलाई सम्भावनालाई यथार्थमा बदल्ने सिकाएको छ, त्यो फेरि नेपाली धर्तीमा कुशलतापूर्वक लागु गर्नुपर्नेछ ।’ कुनै व्यापारीले ठग्यो भने, कारखानामा मजदुरलाई मालिकले तलब दिएन भने, मनभरी ढंगले बजार भाउको मुल्य बढाइयो भने विदेश पठाउने नाममा कसैले ठग्यो भने आजकल माओवादीलाई भनेपछि हल हुन्छ भनेर चर्चा गर्ने गरेको धेरै सुनिएको उनले जनाए । ‘यो आशा त्यसै आएको छैन, हामी इमान्दार छौं अनि अन्यायका विरुद्ध लड्ने पार्टीका रुपमा स्थापित गर्यौं त्यसैले हामीमाथि आशा पलाएको छ,’ उनको कथन थियो । उनले युवाहरुलाई जनताको हरेक समस्यासँग एकाकार भएर हल गर्न पनि निर्देशन दिए । ‘राष्टका लागि युवा’ नाम दिएको अभियानको शुभकामना दिंदै विप्लवले दलाल, भ्रष्टचारी, ठग, घुसखोरी, कमिशनखोर एवं फटाहाहरुलाई नांगेझार पारेर जनतामाँझ सामाजिक बहिष्कार गर्न अपिल गर्दै उनले आवश्यक परे जनताको साथ लिएर भण्डाफोर गर्न पनि आग्रह गरे । प्रशिक्षण कार्यक्रममा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले लेनिनको भनाई उदृत गर्दै यो विश्व हाम्रो पनि हो अन्ततः युवाहरुकै हो भन्दै युवाहरुले संसदवादलाई उल्ट्याएर त्यसको ठाउँमा बैज्ञानिक समाजवाद स्थापनाका लागि दृढतापूर्वक लाग्न अपिल गरे । ‘एकीकृत जनक्रान्तिको बैज्ञानिक कार्यदिशालाई गाउँ र शहरसँग जोडेर हामीले मौलिक क्रान्ति गर्नु छ, यसमा युवाहरुको भूमिका र महत्व अहं छ,’ सुदर्शनले भने । हजारौं उपस्थित युवाहरुलाई उपत्यका विशेष व्युरोका इन्चार्ज एवं जनसरकार प्रमुख सन्तोष बुढामगरले पनि प्रशिक्षण दिएका थिए । -जन्मदेव जैसी