आइएसद्वारा ४० सर्वसाधारणको हत्या , शव बिजुलीको पोलमा झुन्ड्यायो

२०७३ कार्तिक २७ गते, शनिबार

काठमाडौ, २७ कात्तिक । इस्लामिक स्टेट ‘आइएस’ले इराकको मोसुल सहरमा ४० जनाको हत्या गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार मारिनेमा सबै सर्वसाधारण हुन् । हत्यालगत्तै उनीहरुको शव मोसुलका विभिन्न स्थानका बिजुलीका पोलमा झुन्ड्याइएको जनाइएको छ ।
इराकी, अमेरिकी गठबन्धन र अरब मूलको गठबन्धन सेनाको संयुक्त पहलमा मोसुल सहरलाई कब्जामुक्त गर्ने अभियान भने जारी रहेकैबेला आइएसले उनीहरुको हत्या गरेको हो । लामो समयदेखि आइएसको कब्जामा रहेको मोसुल सहरमा फसेका सयौं नागरिकहरु दोहोरो मारमा परेका छन् । मोसुलनजिकको क्षेत्रसम्म सेना पुग्नेक्रममा रहेकोबेला आइएसले भने त्यहाँ रहेका सर्वसाधारणको हत्यालाई तीव्र बनाएको छ । आइएसले गत बुधबारमात्रै मोसुलको उत्तरी क्षेत्रमा रहेको घाबाट सैन्यक्याम्पनजिक २० सर्वसाधारणको गोली हानी हत्या गरेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु