‘आजको बन्द ऐतिहासिक, भब्य र सशक्त रुपमा सम्पन्न ‘

काठमाडाैँ, २८ कात्तिक । नेकपा (माअाेवादी)का प्रवक्ता प्रकाण्डले आजको नेपाल बन्द ऐतिहासिक, भब्य र सशक्त रुपमा सम्पन्न भएको बताएका छन । उनले बन्दलाई सफल पार्न पार्टीको तर्फबाट पहलकदमी लिइ लागि पर्ने पार्टी नेता एवं कार्यकर्ता र सहभागिता तथा समर्थन गर्ने संघर्षशिल महान नेपाली जनतालाई पार्टीको तर्फवाट क्रान्तिकारी अभिवादन सहित हार्दिक बधाई ज्ञापन गरेका छन । यस बिषयमा माअाेवादीका प्रवक्ता प्रकाण्डले आज साझ जारी गरेको प्रेस बिग्याप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – “हाम्रो पार्टीले नेपाली जनताको खाद्य सम्प्रभुताको अधिकार र दैनिक उपभोग्य वस्तुको आकाशिदो मूल्य वृदिलाई लिएर दशैं तिहार आउनु भन्दा पूर्व नै मागलाई सुत्रवद्ध गरी संघर्षको कार्यक्रम घोषणा गरेको थियो । दशंै तिहार पूर्व र पछि चरणवद्ध संघर्षका कार्यक्रमहरु सम्पन्न हुदैं गए । घोषित संघर्षको कार्यक्रमको उत्कर्षको रुपमा कार्तिक २८ गते नेपाल बन्दको आयोजना गरिएको थियो । आजको बन्द देशव्यापी रुपमा पार्टीको पहलकदमी, नेपाली जनताको समर्थन, सहभागिता र अनुमोदनले ऐतिहासिक, भब्य र सशक्त रुपमा सम्पन्न भयो । नेपाल बन्दलाई सफल पार्न पार्टीको तर्फबाट पहलकदमी लिइ लागि पर्ने पार्टी नेता एवं कार्यकर्ता र सहभागिता तथा समर्थन गर्ने संघर्षशिल महान नेपाली जनतालाई पार्टी क्रान्तिकारी अभिवादन सहित हार्दिक बधाई ज्ञापन गर्दछ । नेपाली राष्ट्रको मुक्ति र नेपाली जनताको जनवादी अधिकार प्राप्तिको निम्ति आगामी दिनमा पार्टीले गर्ने संघर्षमा नेपाली जनताको निरन्तरसाथ पाईरहने अपेक्षा पनि व्यक्त गर्दछौं ।
आजको बन्दमा विगतका सरकारलाई मात गर्ने गरी प्रचण्ड सरकारको निरंकुशता र गिरप्तारीको पार्टी घोर भ्रत्सना एवं निन्दा गर्दछ । आज काठमाण्डौं उपत्यकाबाट पार्टी पोलिटब्यूरो सदस्य क.ओमप्रकाश पुन, केन्द्रीय सदस्य क.झक बहादुर मल्ल, लगायत २०० जना र बाहिरका जिल्लाबाट गरी ४०० नेता कार्यकर्ताहरु गिरप्तार गरिएका छन । गिरप्तार नेता र कार्यकर्ताको तुरुन्त रिहाईको जोडदार माग गर्दछौं । गिरप्तार नेता र कार्यकर्ताको विना शर्त रिहाई नगरे कडा संघर्षमा जान पार्टी बाध्य हुने विषय समेत प्रष्ट पार्न चाहान्छौं । ”