रास्ट्रियतामाथी खेलबाड गर्ने अधिकार कसैलाई छैन – टिकाराम वली

२०७३ कार्तिक २९ गते, सोमबार

ठिक समयमा सही सही कदम लिदै एकीकृत जनक्रान्तिमार्फत नेपाली जनताको हक अधिकार र जनजिबिका साथै रास्टृृृ्िय स्वाधीनता र सम्बृद्ध नेपाल निर्माणका मुद्धालाई जोडदार ढंगले उठाउनु पर्ने युवाहरूको काधमा जिम्मेवारी आएको छ । महान नेपाली जनताले एकीकृत जनक्रान्ती प्रती आसा र बिस्वासकासाथ सम्रथन लिदै अबको एकीकृत जनक्रान्तीबाट सर्बहारा बर्गको पूर्ण मुक्तिको गेरेन्टी गर्दै सहर ,गाउँ, हिमाल ,तराई, पहाडसहित एकीकृत आन्दोलनबाट दलाल पुजिपती विरुद्ध छिटोभन्दा आन्दोलन थाल्नु आबस्यक छ । एकीकृत क्रान्तिको कार्यदिशा पुरा गर्न हामि सङ्ग बैज्ञानिक नेता ,कर्याकर्ता र महान नेपाली जनता हाम्रो साथमा छन ।सहिद्को सपना पुरा गर्न युबाहरुले यसबेला महत्त्वपूर्ण भुमिका खेल्नुपर्छ । आम जनता, पार्टीपंति, कार्यकर्ता,शुभचिन्तक तथा प्रबासमा रहेका विभिन्न समुहहरु नेकपा (माओबादी) प्रति विस्वस्त भई रहेका छन् ।
गाउ, सहर,चोक, गल्लि, चिया पसलदेखि देश विदेशसम्म एकीकृत क्रान्तिको चर्चा परिचर्चा छ। हिजो १० बर्षे जनयुद्धबाट खारिएका जनसेनाहरु एकजुट हुन् थालेका छन्। आम युवाहरूमा क्रान्तिको उमङ्ग फैलिएको छ । माओबादीको आउँदो आठौं महाधिवेशन क्रान्तिको उर्वर भुमि’ थवाङमा हुने भएको छ । त्यहीवाट दलाल संसदिय व्यबस्थाको दिन गन्ती सरु हुने निश्चित छ । विस्तारवाद्को नेतृत्वमा दलाल संसदीय व्यवस्था बल प्रयोगमा जानेछ भने नेपाली जनताले जनताको जनवादी राज्य व्यवस्था निर्माण गर्नेतिर जानेछन् ।
माओवादी वैज्ञानिक समाजवादी व्यवस्थामा विश्वास राख्ने पार्टी हो । यसले संसदीय व्यवस्थालाई स्वीकार्ने छैन । संसद्वादीहरूले नेपाली जनताका आधारभूत अधिकारहरू खोसेर पुरानै दलाल, सामन्तहरूको संविधान निर्माण हुदै अङ्ग्कितहरुलाइ रास्ट् प्रमुखसम्म बनाउने पुरानै व्यवस्था चलाउने हो भने माओवादी र जनताले त्यो कदापि मान्ने कुरा आउँदैन । उनीहरूलाई संसदीय व्यवस्थामा रास्ट्रयातामाथी बरम्लुट गर्ने अधिकार छ भने जनतालाई पनि आफ्नो जनवादी सत्ता सञ्चालन गर्ने अधिकार छ । माओवादी जनयुद्धको एजेन्डाबाट बाहिर गएको छैन । त्यसलाई अरू समृद्ध गर्दै एकीकृत जनक्रान्तिको योजनासहित अगाडि बढ्दै छ ।
माओवादी बिचारबाट जन्मेको जनताको पार्टी हो । सहिदहरुले देखाएको बाटो पुरा गर्न वीरहरुको लागि असम्भव भन्ने चिज केही छैन,असम्भव त संसदीय व्यबस्थाका कायर र गद्दारहरुको मुटुमा छ । हामी भन्छौ, क्रान्ती सम्भव छ,क्रान्ति पूरा भएर नै छाड्ने छ, दलाल र गद्दारहरुलाई अन्त्य नगरेसम्म क्रान्ति निरन्तर चली नै रहन्छ।
‘युवाहरुलाई द्लाल मर्फत विदेश सप्लाई गरेर रेमिट्यान्समा दैनिकी भाग बन्डा गर्ने संसदीय जानता मारा व्यबस्थालाई फाल्नुको विकल्प छैन । सरकारको कुर्सी ओगटेर संसदिय पाटी र नेताहरुलाई लुटतन्त्रको चिन्तामा छन , जनताको रगत पसिना चुस्ने ? प्रत्यक ९ महिना सरकार बनाउने संसदीय व्यवस्थाकै कारण दैनिक सैयौं युवालाई विदेश सप्लाई गरेर रास्ट्रमाथी ब्रम्ह लुट मच्याउने काम भएको छ ।
संसदिय व्यबस्थाको राजनीतिक संस्कार गलत भएकै कारण नेपाली जनताले दुख पाइरहेका छन् । हजारौं हजारौं युवाहरूलाई गुलाम, बनाएर,उनीहरुको भविष्य बिदेशी मालिकहरुलाई बैच्दै लिलामी भै रहेको छ । संसदवादीले सरकारमात्र फेर्ने काम गरेर केके न गरेजस्ताे हल्ला गरिरहेका छन् । यिनीहरुलाई अब जरैदेखि उखेलेर फाल्नुको विकल्प छैन ।
लेखक : पुर्ब जनमुक्ति सेना तथा हाल नेपाली जनप्रगतिसिल मोर्चा मलेसियाका महासचिव हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु