आतंकवादविरुद्धको संघर्षमा ट्रम्पलाई बसर अल असादको साथ

२०७३ मंसिर १ गते, बुधबार

काठमाडौँ, १ मङिसर । सिरियाका राष्ट्रपति बसर अल असादले आतंकवादविरुद्ध लड्न अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गठबन्धन बन्न सक्ने बताएका छन् । ट्रम्पले चुनावी अभियानमा आतंकवादसँग लड्न गरेको प्रतिबद्धता पूरा गरे उनीसँग स्वाभाविक गठबन्धन बन्ने सिरियाली राष्ट्रपतिको भनाई छ । पोर्चुगलको सरकारी टेलिभिजनसँग कुरा गर्दै असादले सिरियाप्रतिको वर्तमान अमेरिकी नीतिको आलोचना गरे ।
अमेरिकाले आफूलाई विश्वको पहरेदार ठानेको उनको आरोप थियो । यसअघि ट्रम्पले सिरियाली सेना र आईएस लडाकुलाई रोक्नु पागलपन हुने भन्दै सिरियाली संघर्ष रुससँगको संघर्षको रुपमा अगाडि बढ्ने हुने बताएका थिए ।
अमेरिकाले अहिले सिरियामा सक्रिय आईएस र जिहादी विरुद्ध आक्रमण गरिरहेको छ भने असादविरुद्ध सक्रिय मध्यमार्गी विद्रोहीलाई सहयोग गरेको छ ।
असादले भने मध्यमार्गी विद्रोहीलाई आतंकवादी समुह भन्दै आएका छन् । सिरियामा सन् २०११ को मार्च यता असादको शासन विरुद्ध चलेको संघर्षका कारण ३ लाखभन्दा भन्दा बढीको मृत्यु भइसकेको छ । आधा भन्दा बढी जनसंख्या युद्धका कारण आफ्नो थातथलो छाड्न बाध्य भएका छन् । इस्लामिक अतिवादी समुह आईएसले सिरियाका धेरै भूभाग आफ्नो नियन्त्रणमा लिएर छुट्टै चुनौति दिइरहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु