आइएसविरुद्ध आक्रमण , २१ जनाको मृत्यु

२०७३ मंसिर २ गते, बिहीबार

काठमाडौं, २ मंसिर । सिरियाको एलेप्पोस्थित बाल अस्पताल, रक्त सञ्चार केन्द्र र एम्बुलेन्सलाई निशाना बनाइ भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तिमा २१ जनाको मृत्यु भएको छ । विद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको एलेप्पोको पूर्वी क्षेत्रमा रहेको बायाल बाल अस्पताल, रक्त सञ्चार केन्द्र र एम्बुलेन्समा सरकारी सेनाले आक्रमण गरेको हो । बेलायतस्थित अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले घटनामा बालबालिकासहित २१ जनाको मृत्यु भएको जनाएको हो । आक्रमणबाट बायान बाल अस्पताल पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आक्रमणमा एक जना चिकित्सकको समेत मृत्यु भएको बताइएको छ ।
एलेप्पोमा पछिल्ला दुई दिनमा भएका आक्रमणमा ३२ जनाको ज्यान गइसकेको छ । सिरिया सरकारलाई सहयोग गरिरहेको रुसले युद्धविरामपछि मंगलबारबाट यहाँ हवाई आक्रमण गरिरहेको छ । रुसले चरमपन्थीविरुद्ध पश्चिमी सिरियामा ठूलो कारबाही अभियान शुरु गर्ने घोषणा गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु