देस कहिले बन्छ ? – भोला घिमिरे

२०७३ मंसिर ३ गते, शुक्रबार

देसभित्र या बाहिर रहने सबै नेपालीलाई एउटै प्रस्नले सधै सताउने गर्छ । त्यो हो हाम्रो देस कहिले बन्छ बिकसित । कहिले हुन्छ स्वाधीन । कहिले बन्छ आत्मानिर्भर। र कहिले वन्छन राजनीतिक अधिकार सम्पन्न नेपाली जनता। यस्तै यस्तै प्रस्न दैनिक नेपालीहरुको मनसपटलमा घुमिरहेको हुन्छ । तर बिडम्बना मान्नुपर्छ हरेक क्रान्तीमा उत्साहपुर्ण जनसहभागिता हुँदै तानाशाही सासक प्रतिक्रियावादी सक्त्तिलाई पन्छाएर यहाँसम्म आएको धुर्ब सत्य नै हो । यसलाइ कसैले नकार्न सक्दैन । जनताले चाहाने ब्यवस्था जनताकै हातमा हुनुपर्छ भन्ने ९० % जनता अहिले अलमलमा छन । , रातारात खोलानाला बेच्ने भारतिय बिस्तारबादका दलालहरुले रास्ट्रबादको एक शब्द बोलिदिए पनि बिबस बनेर तालिपिट्न बाध्य छन। यसको अर्थ यो होइन भारतिय बिस्तारबादिका अदृश्य दलालहरुले यहि बुझिरहेका छन कि जनतालाई झुक्याउने एउटै उपाय भनेकै खोक्रो भासण र पुर्याउनै नसक्ने आस्वासन हो । त्यही आश्वासनलाई कतैबाट हुन्छ कि भन्ने सोझा जनता तिनै रास्ट्रघातीको मुख ताक्न बाध्य छन । बिचारा हामी हामी जनता अरु के नै गर्न सक्छौं र ? राज्यको हरेक अङ्गमा बसेका यी दलालले सानोतिनो आश्वासन दिए पनि हुन्छ कि गर्छ कि भन्ने आस गर्नैपर्ने बाध्यता पनि छ ।
तर अब यी तमान झुट र लुटतन्त्रको विरुद्धमा नेपाली जनताले एउटा बिद्रोह गर्नुपर्ने आवस्यकता अगाडी आउदै गरेको अवस्थामा हामिले सोच्नु बेला भएको छ। देसको सम्पती हाम्रो रगतपसिनाबाट संचित राज्यको ढुकुटीबाट करोडौं र अरबौ लुट्ने राजनीतिक दलालको विरुद्धमा एक ढिक्का भएर लड्नु जरुरत छ । हामिले यो भएन र त्यो भएन भन्नुभन्दा पहिले देसमा भएका धमिरा र रास्ट्रिय दलाललाई सदाको लागि फालेर नयाँ ब्यवस्थाको खोजी गर्नुपर्छ। सम्सदिय ब्यवस्थाले विश्वको कुनैपनी देसमा सान्ती स्थिरता दिन सक्दैन भन्ने कुरा विश्व इतिहास र अहिले कै विश्वलाई हेर्दा देखिने कुरा हो।
कणालीका जनता भोकै मर्दा अरबौका मालिकहरु त्यही ब्यवस्थामा लडिबुडी गर्दै राज्यको ढुकुटी रित्याउन तल्लिन छन । महाकाली र कणाली बेच्नेहरु घोक्रो फुलाउदै बिरोध गर्छन ,रातारात नायक हुन्छन , तिनै दलालले करोडौं लिदा चुपचाप आखिर किन ?
देसको ढुकुटी देस वनाउन हो ,जनता पाल्न हो, दलाललाई बचाउन होइन । यस्तै देसमा बढेको महँग्गि कालोबजारी पनि यहि ब्यवस्थाबाट उब्जिएको एउटा रोग हो। राजनीतिक अस्थिरताको फाइदा उठाउदै माफिया र साना ठुला दलालले देसलाइ सम्पुर्ण रूपमा आफ्नो कब्जामा लिएका छन । ती माफिया र दलाल सम्सद्बादी दल कै वरिपरि घुम्नेहरु नै हुन । देसमा जनता माथी लुट मच्चाउन सम्सद्बादी दल कै सबैभन्दा ठूलो हात रहेको देखिन्छ ।
अहिलेको एक्काइसौं सताब्दिमा पनि हामी धेरै पछाडी छौँ बिकासको दृस्टीले र अधिकारको दृस्टीले । रास्ट्रीय स्वाधीनतालाई हेरौं ,जनजिबिकाको सवाललाई हेरौ, आदिवासी जनजाती मधेसी दलित मुस्लिमलाई गर्ने ब्यवहारलाई हेरौ हामी कति पछाडी रहेछौं भन्ने यहीँबाट प्रस्ट हुन्छ। तानाशाही दलाल हरुका चेलाले चलाएको ब्यवस्था नि तानाशाही ब्यवस्था नै हो । यिनिहरुको मनमा ढ्याङ्रो बज्न सुरु भैसकेको छ । कतै हाम्रो अबस्था पनि राणा पन्चायत र राजा महाराजाहरुको जस्तै त बन्ने होइन ? यहि तमाम बिषयले गर्दा सम्सद्बादी दलले सम्सद्बादको बिरोध गर्ने नागरिकलाई सुखले बस्न दिने छैनन । त्यसैले हामी पनि चैनले सुतेर फासिबादी ब्यवस्थालाई स्विकार्दै बस्नु हुदैन ।
लड्नुछ अझै नमानी डर दलाल भगाउन ।
पाइदैन सत्ता नलडी लाल झन्डा समाउन। ।
दुस्मन ले घेरा हाल्दै छन यहाँ हामिलाइ सिध्याउन ।
बर्गिय दुस्मन चिनौ है तिनकै चिहान बनाउन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु