अखिल क्रान्तिकारीले दवावमूलक कार्यक्रम गर्ने

२०७३ मंसिर ३ गते, शुक्रबार

काठमाडौँ , ३ मंसिर । नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीको हालै सम्पन्न बैठकले स्ववियु निर्वाचन, मेडिकल शिक्षामा सिट बढाउन दवाव, स्कूल कलेजहरुले बृद्धि गरेको शूल्कलगायत विषयमा निर्णय गरेको बताइएको छ । बैठकलेआगामी फागुनमा हुन लागेको स्ववियु निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको बुझिएको छ । यसैगरी बैठकले देशभर संगठन विस्तर तथा सुदृढिकरणलाई तीव्रतामा अगाडि बढाउने र मेडिकल शिक्षा क्षेत्रमा घटाइएको सिट संख्या बढाउन र स्कूल कलेजहरुमा बढिरहेको शूल्कविरुद्ध दवावमूलक कार्यक्रम गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]