पत्रकारले अंश नपाएपछि …

२०७० असार १ गते, शनिबार

सप्तरी, जेठ ३१ – सप्तरीका पत्रकार वैद्यनाथ झा अंश माग्दै आफ्नै दाजु कृष्णकान्त झाको घरमा भोक हडतालमा बसेका छन ।पटक पटक दाजुलाई आग्रह गर्दा नमानेपछि हड्तालमा बसेको झाले बताए ।
प्रेस स्वतन्त्रता सेनानी समेत रहेका राजविराजका पत्रकार झा तीस वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । झा सप्तरीबाट प्रकाशित हुने आजको वातावरण दैनिकका सम्पादक हुन । राजविराज नगरपालिका, जमुनी मधेपुरा, मलेठ, रामनगर कोदरकट्टी र हरिहरपुर उनीहरुको तीन बिघा जग्गा छ ।
बुवा नित्यानन्द र काका विद्यानन्दको निधनपछि २०२७ सालदेखि नै जेठो दाजु कृष्णकान्तले बिभिन्न बखेडा झिकेर आफू लगायत अन्य दुई भाइहरुलाई पैतृक सम्पत्ति नदिएकाले भोक हडतालमा बसेको झाले बताए ।

प्रतिक्रियाहरु

[anycomment]