‘ संविधान संशोधन प्रस्ताव दर्ता गर्न दिइदैन’

२०७३ मंसिर ७ गते, मंगलवार

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नै गर्न नदिने अडान लिएको छ । एमाले नेताहरुले कार्यान्वनयन नगरी संविधान संशोधन गर्दै जाँदा मुलुकमा झन् अस्थिरता आउने भन्दै संशोधन प्रस्तावको प्रतिवाद गर्ने चेतावनी दिएका थिए । निकै चर्काचर्की भएको सो बैठकमा प्रधानमन्त्री दाहालले एमाले नेताहरुलाई दम्भ नदेखाउन भन्दै आफूहरु संशोधन अघि बढाउने पक्षमा रहेको सन्देश दिएको बुझिएको छ ।
सत्ताधारी दलका नेताहरुले भने एमालेकै सहमतिमा संशोधन प्रस्ताव दर्ता दर्ता गर्न लागेको तर अहिले आएर एमालेले अडान फेरेको आरोप लगाएका छन् । सत्ताधारी दलहरुले आगामी बुधबार मधेसी दलहरुसँगको वार्तापछि संविधान संशोधन प्रस्ताव अघि बढाउने बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]