१६ महिनामा ३ सय विदेशी देश निकाला

२०७३ मंसिर ९ गते, बिहीबार

काठमाडौं, ९ मंसिर । गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ । लागूऔषध कारोबार, जाली नोट तस्करी, चोरी/डकैत, मानव ओसारपसार, अवैध कल बाइपास, सुन तस्करीलगायतका सामाजिक आर्थिक तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा उनीहरु नेपालबाट निकालिएका हुन् । मन्त्रालयको तथ्यांकअनुसार २०७२ साउन देखि १६ महिनाको अवधिमा ती विदेशीलाई उनीहरुकै देश फिर्ता पठाएको हो ।
अध्यागमन विभागका अनुसार आव ०७१/७२ को अवधिमा ५१ मुलुकका ३ सय २६ विदेशी देश निकालमा परेका थिए । प्रहरीसँगको समन्वयमा अनधिकृत रुपमा बसेका विदेशी नागरिकको खोजीका लागि निगरानी बढाइएको विभागले जानकारी दिएको छ । – कारोबार दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मुग्लिन-काठमाडौँ सडकखण्ड अवरुद्ध

२०८२ आश्विन ७ गते, मंगलवार

दशैं सुरु, आज घटस्थापना

२०८२ आश्विन ६ गते, सोमबार

आज सूर्यग्रहण : नेपालबाट नदेखिने

२०८२ आश्विन ५ गते, आईतवार