पत्राकार गिरफ्तारी प्रति काउन्सिलको आपत्ति

२०७३ मंसिर ९ गते, बिहीबार

काठमाण्डौ ,९ मंसिर । प्रेस काउन्सिल नेपालले फेसबुकमा समाचार पोष्ट गरेकै कारण सिरहाका पत्रकार अर्जुन थपलियालाई प्रहरीले गिरफ्तार गरेको घटनाप्रति आपत्ति जनाएको छ । काउन्सिलले विज्ञप्ती निकालेर पत्रिकामा प्रकासित समाचार फेसबुकमा पोष्ट गरेको बिषयमा स्थानिय प्रशासनले बिद्युतिय कारोवार ऐन अन्तरगत गिरफ्तार गरि थुनामा राखिएको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै घोर आपत्ति जनाएको छ । सिरहाबाट प्रकासित अनुकल्प दैनिक पत्रिकाका सम्पादक समेत रहेका पत्रकार थपलियाले सोहि पत्रिकामा प्रकासित समाचार फेसबुकमा हालेपछि प्रहरीले उनलाई पक्राउ गरि थुनामा राखेको छ ।
काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्कीले मिडियामा प्रकाशित समाचार सामग्रीबाट पत्रकार आचारसंहिताको उल्लङघन भएको भए सोबारे उजुरी गर्ने निकाय काउन्सिल रहेको तर पत्रकारलाई सोहि समाचार सामाजिक सन्जालमा हालेको आधामा गिरफ्तार गर्न नहुने बताए । उनले विद्युतिय कारोवार ऐनको प्रयोगगरि पत्रकारलाई गिरफ्तार गरेर प्रहरी प्रशासनले प्रेस स्वतन्त्रताको गम्भिर उल्लङघन गरेको बताए । विज्ञप्तीमा भनिएको छ ,पत्रकारलाई गिरफ्तार गरिएको प्रति काउन्सिल निन्दा गर्दछ र पक्राउ गरिएका थपलियालाई यथासिघ्र रिहाईको माग गर्दछ ।
यस बिषयमा काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्कीले जारी गरेको विज्ञप्ती यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु

[anycomment]