‘ हिन्दु राष्ट्र कायम गराउने पहल जारी छ’

२०७३ मंसिर ९ गते, बिहीबार

काठमाडौं, ९ मंसिर । राप्रपा र राप्रपा नेपालबीचको एकतापछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले संविधान संशोधनको प्रक्रियामा नेपाललाई हिन्दू राष्ट्र कायम गर्न पहल गर्ने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले संविधान संशोधनको बहस चलिरहेकै बेलामा हिन्दु राज्यको लागि पहल गरिने बताए । अध्यक्ष थापाले संविधान संशोधनको सन्दर्भमा राप्रपालाई सत्ता साझेदारको रुपमा ब्यवहार नगरिएको भन्दै आक्रोस पनि पोखे । केन्द्रिय कार्य समितिकोे बैठकले संबैधानिक राजतन्त्र र गणतन्त्रको विषयमा पार्टीको आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय पनि गरेको छ । एकीकरण पूर्व राप्रपा नेपाल संबैधानिक राजतन्त्र र राप्रपा गणतन्त्रको पक्षमा थिए ।

प्रतिक्रियाहरु

[anycomment]