माअाेवादीद्वारा मन्दकिनी हाइड्राेपावर बन्द

काठमाडौं, ११ मंसिर । नेकपा(माओवादी)कास्की पश्चिम कमाण्डले स्थानीय र कामदारसँग विवाद रहेकाे सार्दिखोलास्थित निर्माणधीन ४ मेघावाटको मन्दकिनी हाइड्रोपावर बन्द गराएको छ । स्थानीय सर्वसाधारण र कामदारकाे उपस्थितमा माअाेवादी कार्यकर्ताले ‘मन्दकिनी हाइड्रोपावरलाई कार्वाही किन’ लेखिएकाे ८ बुँदे विज्ञप्ति टाँसेका छन् ।
स्थानीय र कामदारलाई सम्बाेधन गर्दै नेकपा (माओवादी) कास्कीका सचिवालय सदस्य परिवर्तनले चेतावनी स्वरुप बन्द गराएको र जनताको माग सम्बोधन नगरी सन्चालन गर्न खोजे प्रतिवाद गर्ने बताए।
हाइड्रोपावर कम्पनीले स्थानीय स्रोत साधनको कर नतिरी प्रयोग गरेको,स्थानीय जनतालाई रोजगारमा नराखेको,स्थानीय जनता र गाबिससँग छलफल नगरी केन्द्रमा घुस खुलाएर प्रोजेक्ट सन्चालन गरेको, सार्दिखोला लगायतको प्रभावित गाबिसलाई लोडसेडिङ मुक्त घोषणा र मुनाफाको २५ % स्थानीय जनतालाई बितरण गर्ने कुरामा लिखित सहमती नगरेको माअाेवादीले अाराेप लगाएकाे छ ।
नेकपा(माओवादी)कास्की पश्चिम कमाण्डले सार्दिखोलास्थित निर्माणधीन ४ मेघावाटको मन्दकिनी हाइड्रोपावर बन्द गराउनुका अाठ कारणहरु यस प्रकार रहेको जनाएको छ –
१. हाईड्रोपावर सञ्चालनको लागि स्थानीय निकायसँग अनुमति नलिई काम अगाडि बढाएकाे ।
२. हाइड्रोपावर सञ्चालनका लागि केन्द्रबाट आवश्यक पर्ने कागजात तथा रिपोर्ट जनताको विचमा सार्वजनिक नगरेको ।
३. प्रभावित क्षेत्रका गा.वि.स., वडाका जनता संग गरेको सम्झौता कार्यान्वयन नगरेको ।
४. हाईड्रो निर्माणका लागि करौडौ मुल्य पर्ने काठ, ढुङ्ग, गिटी, बालुवा भरपुर प्रयोग गरी त्यसको मूल्य बराबरको रकम गाविसलाई उपलब्ध नगराएको ।
५. प्रभावित क्षेत्रको गाविसहरु लाहाचोक, घाचोकमा सार्वजनिक जग्गालाई निजी हो भनि विजुली बत्तीको पोल गाड्ने नाममा लाखौं रुपैयाँ वाँडफाँड गरेको ।
६. स्थानीय जनतालाई रोजगार नदिएको ।
७. प्रोजेक्ट सम्बन्धी धारणा सार्वजनिक माग गर्ने व्यक्तिमाथि धम्की दिने गरेको ।
८. लोडसेडिङ मुक्त गाविस घोषणा र उत्पादन भएपछि प्राप्त मुनाफाको २५% रकम जनतालाई लिखित रुपमा दिन तयार नभएको ।