पूर्वराष्ट्रपति क्यास्ट्रोको निधन
काठमाडौं, ११ मंसिर । क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्यूवाको सरकारी टेलिभिजनले पूर्व राष्ट्रपति क्यास्ट्रोको निधन भएको पुष्टि गरेको छ । उनलाई क्यूवामा कम्युनिस्ट क्रान्तिका नायक मानिन्थ्यो ।
९० वर्षीय क्यास्ट्रो लामो समयदेखि अस्वस्थ्य रहँदै आएका थिए । अस्वस्थ्यताकै कारण सन् २००८ मा उनले आफ्ना भाई राउल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए । उनले सन् १९५९ मा क्यूवामा भएको क्रान्तिको नेतृत्व गरेका थिए । – एजेन्सी