छवटा हुँचिल बरामद

२०७३ मंसिर १२ गते, आईतवार

काठमाडौं, १२ मंसिर । सुटकेसभित्र लुकाई छिपाई विदेश लैजाँदै गरेको अवस्थामा हुँचिल फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा चेक जाँचकक्षमा शरीर, झोला तथा सुटकेसभित्र दुर्लभ वन्यजन्तुको हाडछाला र लागूऔषध लुकाई छिपाई विदेश लैजाँदै गरेको अवस्थामा स्वदेशी तथा विदेशी नागरिक पक्राउ पर्ने गर्छन् । तर शनिबार भने सुरक्षा चेकजाँच कक्षमा अनौठो घटना भएको छ । कतार जाँदै गरेका दुई जना विदेशीको सुटकेसभित्र लुकाई छिपाई विदेश लैजाँदै गरेको अवस्थामा नेपालमा मात्र पाइने दुर्लभ पन्छी हुँचिल फेला परेको छ ।
महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डका अनुसार कतार एयरलाइन्सबाट कतार जाँदै गरेका कतारी नागरिक फैसल महमद र भारत घर भई हाल बागबजार बस्दै आएका ३० वर्षीय महमद सुलेमानको सुटकेसमा लुकाइराखेका छवटा जीवितै हुँचिल बरामद भएका छन् ।
समय अनुसार रङ परिवर्तन गरिरहने हँुचिलका शौखिन महमदले दुर्लभ पक्षीको चोरीसिकारीमा संलग्न नेपाली गिरोहसँग प्रतिहुचिल करिब एक लाख रुपियाँमा खरिद गरी आफ्नो देश लैजान लागेको बताएका छन् । अभियुक्त सुलेमान भने हुँचिल कतारसम्म पु¥याउन गएको प्रहरीले जनाएको छ ।
हवाईमार्ग प्रयोग गरी नेपालबाट जीवितै हुँचिल सुटकेसभित्र लुकाई छिपाई अवैध रूपमा लैजाँदै गरेका व्यक्ति पक्राउ परेको यो नयाँ घटना हो । यसअघि रेडपाण्डा तथा हाब्रेको छाला र खागसहित अभियुक्त पक्राउ पर्थे ।
काठमाडौँ उपत्यकाका छिमेकी जिल्ला धादिङ, काभ्रे, मकवानपुर, गोरखा र सिन्धुली लगायतका जिल्लामा पाइने हुँचिलको जीवित नै चोरीसिकारी हुने गरेको छ तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको यो पहिलो घटना पनि हो ।
हुँचिल छिनछिनमै रङ बदल्न सक्ने तथा राति फरक आवाज निकाल्ने र नङ्ग्राले सिसासमेत काट्ने गर्छ । त्यसकारण यसको चोरीसिकारी बढेको भनाइ प्रहरीको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु