भूमाफियाहरू अख्तियारको फन्दामा

२०७० असार १ गते, शनिबार

काठमाडौँ । धनकुटाका भूमाफिया अख्तियारको फन्दामा परेका छन् । विभिन्न सामुदायिक वनको जग्गा आफ्नो नाममा गैरकानुनी दर्ता गराउने मालपोत प्रमुखसहित पाँच कर्मचारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाका सामुदायिक वनको जग्गालाई आङ्खनो नाममा पार्ने ‘भूमाफिया’ विरुद्ध आयोगले २९ लाख ६५ हजार ३ सय ९२ रूपैयाँ ६३ पैसा बिगो दाबीसहित मुद्दा दायर गरेको छ । सामुदायिक वनको जग्गालाई रैकरमा परिणत गर्न निवेदन दिएको दुइ वर्षनबित्दै अनधिकृत रूपमा मिलेमतो गरी सरकारी सम्पत्तिको हानि-नोक्सानी पुर्याएको भन्दै उनीहरू विरुद्ध मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता कृष्णप्रसाद ढुंगानाले बताए । मालपोत कार्यालय धनकुटाका प्रमुख उपसचिव सुरेशकुमार थपलिया, शाखा अधिकृत टंकप्रसाद दुवाडी, नापी कार्यालय धनकुटाका प्रमुख रामप्रसाद गुप्ता र राजेन्द्रप्रसाद यादव, नायब सुब्बा रवीन्द्रहरि दाहालले जिल्लाका २७ जनाको नाममा सयौं रोपनी जग्गा गैरकानुनी रूपमा दर्ता गरेको अख्तियारको दाबी छ । लामो अनुसन्धानपछि अख्तियारले भ्रष्टाचार गरी जर्गा दर्ता गरेको ठहरसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले स्थानीय केशरमान लिम्बू, विष्णुमाया लिम्बू, खगेन्द्रबहादुर बस्नेत, कमलबहादुर बस्नेत, रामबहादुर बस्नेत, देवीप्रसाद लिम्बू, धनमाया लिम्बू, रामबहादुर र्राई, हर्रि्रसाद ओझा, अग्नि ओझा, रेवतीप्रसाद ओझाका नाममा जग्गा दर्ता गराएको अभियोग छ । यस्तै, सरकारी सम्पत्ति दुरूपयोग गरेको अभियोगमा स्थानीय तिलकप्रसाद ओझा, भक्तबहादुर थापा, नारायणबहादुर भट्टर्राई, गीता भट्टर्राई, सीता भट्टर्राई, गोपीलाल भट्टर्राई, प्रेमबहादुर बस्नेत, सरिता भट्टर्राई, लिलमबहादुर भट्टर्राई, जानुका भट्टर्राई, डिकबहादुर भट्टर्राई, कमलबहादुर भट्टर्राई, जितबहादुर बस्नेत, कान्छीमाया लिम्बू, मधु तामाङ र राजकुमार लिम्बूविरुद्ध पनि मुद्दा दर्ता भएको हो । पाँच कर्मचारीको मिलेमतोमा जिल्लाका विभिन्न स्थानका गरी ७ सय ४४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा दर्ता भएको अख्तियारको दाबी छ ।

प्रतिक्रियाहरु

[anycomment]