१९ पर्यटकीय रुट गुगल म्यापमा

२०७० असार १ गते, शनिबार

काठमाडौँ । विदेशी पर्यटकको संख्या बढाउन ‘दि ग्रेट हिमालयन टे्रल’ ले ५ वटा हिमाली जिल्लाका १९ वटा पर्यटकीय रुटको बिस्तृत विवरण गुगल अर्थमा राख्न जिपीएस र्सभ थालेको छ । बेलायती सहयोग नियोग -डीफीड) को सहयोगमा ताप्लेजुङ, सोलुखुम्बु, गोरखा, डोल्पा र हुम्लाका १९ वटा पदमार्गको नक्सासहित विस्तृत जानकारी गुगलअर्थमा समेटिन लागेको हो । ग्लोबल पोजिसनिङ्ग सिस्टम -जिपीएस) मिटरको सहायताले ताप्लेजुङ्ग र सोलुखुम्बुमा पदमार्गबारे बिस्तृत विवरण म्यापिङ्ग गर्न कार्य शूरु भएको छ । ‘ताप्लेजुङको घुन्सा/पाथीभरा र सोलुखुम्बुको सल्लेरी फाप्लु रुटको जीपीएस र्सभे सकियो,’ नेपालमा ग्रेट हिमालय टे्रल विकास कार्यक्रम -जीएचटीडीपी) मा सघाइरहेको नेदरल्यान्ड सरकारको एसएनभीका प्राविधिक सल्लाहकार शंकरराज पाठकले भने, ‘आगामी डेढ महिनाभित्र पाच जिल्लाका उन्नाइसवटै पदमार्गको बिस्तृत नक्सा र जानकारी गुगलको सहायतामा एसएनभीको वेभपेजमा हुनेछ ।’ जीपीएस र्सभ हुनेमा ताप्लेजुङ्गको कंचनजंघा आधारशिविर पदमार्ग फुङलिङ्ग- पाथीभरामार्ग गुफापोखरी- पापुङ्ग, लेलेप- ओलाङचोङगोला- लुम्बासुम्बामार्ग छन् । त्यसैगरी सोलुखुम्बुको सल्लेरी- फाप्लु, पिके- दुधकुन्ड, जिरी- लुक्ला पदमार्ग गोरखाको माथिलो मनास्लु, चुम उपत्यका, बारपाक, लार्केभञ्ज्याङ्ग, डोल्पाको मथिल्लो डोल्पा, तल्लो डोल्पा र ढोरपाटन मार्ग छन् । त्यस्तै हुम्लाको माथिल्लो भेगमा पर्ने ३ वटा मार्गको पनि जीपीएस प्रणालीबाट र्सर्भे हुनेछ । यी १९ वटा मार्ग जिल्ला विकास समिति मातहत रहने पर्यटन विकास समितिको सिफारीसका आधारमा छनौट भएका हुन । ग्रेट हिमालय टे्रलमा पर्ने अन्य २० जिल्लाका पदमार्गको म्यापिङ्गको कार्यसमेटीएको छैन । गुगल अर्थसँग सहकार्यमा एसएनभीले स्वदेश/विदेशमा रहेका पर्यटकलाई यी ५ जिल्लाका पदमार्गबारे अनलाइनबाटै नक्सासहित बिस्तृत जानकारी दिन र्सर्भे थालेको हो । ‘यो अवधारणा हालसम्म नेपालका कुनै पनि पदमार्गमा अपनाइएको छैन,’ जीपीएसविज्ञ समेत रहेका प्राविधिक इन्जिनियर पाठकले भने, ‘गुगलले १९ वटै रुटको जानकारी गुगल अर्थमा राखेपछि सबैले सित्तैमा डाउनलोड गरी हेनसक्नेछन् । प्रिन्ट पनि गर्नसक्नेछन् । यसबाहेक ती पदमार्गको भौगोलिक संरचना फेरबदल भए पनि एसएनभीमार्फ् अपडेट गराउन सक्नेछन् । गुगल अर्थको वास्तविक -जेनुइन) सफ्टवेयर खरिद गरेका ग्राहकको अनुरोधमा मात्र अमेरीकी कम्पनी गुगल अर्थले व्यापमा फोटो र जानकारी राख्छ । र्सभेले पदमार्गको अक्षंास रेखा, देशान्तर रेखा, उचाईलगायतको विवरण लिइरहेको छ । त्यसैगरी होटल, रेस्टूरेन्ट, बस्ती, पुल, खोला, हिमाल, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीलागतयतका विवरण पनि हुनेछ । ‘यतिमात्रै होइन अबको म्यापमा कुन होटलमा कतीवटा कोठा, पर्यटककालागी क्यापिङ्ग गर्ने साइट छ/छैनबारे जानकारी फोटोसहित हुनेछ ।’ पाठकका अनुसार, र्सर्भेपछी पर्यटकले विदेशबाट काठमाडौं आई ठमेलमा म्याप किनेर पदमार्गबारे जानकारी लिने, गाइड वा ट्रेकिङ कम्पनीसँग अर्न्तक्रिया गर्नुपर्ने झन्झट हुनेछैन । यसरी तयार हुने म्याप अब विदेशीले आफूसँग हुने डिजिटल डिभाइसमा पनि राख्नसक्ने छन् । जस्लाई आफू अनुकुल कस्टमाइज गरेर निजी वेभपेजमा पनि राख्न सक्ने छन् । सएनभीकी संचार सल्लाहकार भावना अधिकारीका अनुसार नेपालका दुगम हिमाली बस्तीमा बसोबास गरिरहेका र्सवसाधारणको आर्थिक अवस्था पर्यटकीय गतिविधिको माध्यमबाट उकास्न पदमार्गको र्सर्भे थालिएको हो । यो र्सभेले पर्यटक बढ्न सक्ने अनुमान गरिएको छ ।
विश्वकै पदमार्गहरूको सूचीमा समेत परेको र नेपालकै सबैभन्दा लामो यो पदमार्गले २५ वटा हिमाली र पहाडी जिल्लाका २ सय २५ गाविस समेटेको छ । नेपाल सरकारसँगको सहकार्यमा बेलायत सरकारको झन्डै ३४ करोड रूपैया बराबरको आर्थिक सहयोगमा सन २०११ देखी तीन वर्षा लागि संचालिन जीएचटीडीपी कार्यक्रमले स्थानिय उत्पादनको बिक्री बढाउन, उनीहरूलाई बेमौशी कृषि खेतीमा आर्कषित गराउन, रैथाने र आदीबासी परम्पराको प्रचार गर्न यो कार्यक्रम थालेको हो । यो कार्यक्रममा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय, संस्कृती पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डलगायतका मन्त्रालय र निजी क्षेत्र पनि छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार