संसदवादीहरुविचको भाले जुधाई – हस्तवहादुर केसी

२०७३ मंसिर १६ गते, बिहीबार

आजदेखि नेपालको संसदभित्र भाले जुधाई शुरु हुँदै छ। भारतीय विस्तारवादको ईसारा र निर्देशनमा भारतीय विस्तारवादको कठपुतली दाहाल सरकारले हिजो मात्र नेपालको संसदमा नेपालको अान्तरिक राष्ट्रियता समेत खलबलिने गरि सिमाङ्कन हेरफेर सहितको संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि यो भाले जुधाइको वातावरण तयार भएको हो ।
कंग्रेस ,एमाले र माओवादी केन्द्र यी तीनवटै पार्टीहरु भारतीय विस्तावदका दलाल हुन तर सत्ता लुछाचुंडिका यतिबेला कांग्रेस र माओवादी केन्द्र एकातिर र एमाले अर्कोतिर फर्केर दुई ध्रुव जस्ता भएका छन् ।
महान दश वर्षे जनयुद्धको माग र अाम नेपाली जनताको सहमतिमा बनेको पहिलो संविधानसभा रातारात विघटन गरेर दोस्रो संविधानसभाको कथित निर्वाचन गराउने कुरामा र २०७२ असोज ३ गते प्रतिगामी तथा पश्चगामी संविधान घोषणा गर्ने वेला समम यी भारतीय दलालका रुपमा सुपरिचित रहदै अाएका कांग्रेस ,एमाले र माओवादी केन्द्र एउटै शरीर ,एउटै अंग बनेका थिए । जव सत्तमा लुछाचुडि शुरु भए देखि नै यिनका विचमा भाले जुधाई शुरु भएको हो र अहिले कांग्रेस , माओवादी केन्द्र विच भारतीय कठपुतली सरकार बन्ने वेला एमाले र माओवादी केन्द्र विच पेचिलो बन्न पुग्यो ।
माओवादी केन्द्र ले एमालेको गास खोसिदिएपछि माओवादी केन्द्र सित उ माकेसित फायर भएर जाई लाग्न थाल्यो । अहिले कठपुतली सरकारले संसदमा उसको सहमति विना संविधान संशोधन प्रस्ताव दर्ता गराए पछि यो भाले जुधाइले उत्कर्सता प्राप्त गरेको छ।
अर्कोतिर मधेसी समाजवादी फोरम ले पनि असहमति जनाए पछि भाले जुधाइमा घ्यू थपिएको छ। कथित पाँच नम्बर प्रदेशका पाल्पा ,अर्घाखाँची र गुल्मी जिल्ला लाई कथित चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव गरिए पछि यो संसदभित्रको भाले जुधाइले सडकमा पनि बसरि धुलो उडाउने सम्भावना बढेर गएको छ।
संसदीय व्यवस्था यस्तै खाले हल्ला खोर मच्चाउने ,जनतालाई उल्लु बनाउने ढाँट,सिल्ली र जालिझेलिहरुको व्यवस्था भएकोले जनतालाई झुक्याएर अाखिर बाँडिचुडि खान तयार हुनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु