राम र सीताको वैवाहिक कार्यक्रम सुरु

२०७३ मंसिर १८ गते, शनिबार

काठमाडौं, १८ मंसिर । भगवान श्रीराम र माता सीताको वैवाहिक कार्यक्रमअन्तर्गत आज जनकपुरमा मटकोर कार्यक्रम गरिँदै छ । मटकोरमा जानकी मन्दिरबाट बाजागाजाका साथ स्थानीय महिलाले जनकपुरको ऐतिहासिक गंगासागरमा पुगी बिहेको मडवा बनाउन माटो ल्याउने गर्दछन् ।जनकपुरमा सताव्यापी विवाहपञ्चमी महोत्सव मनाइने क्रममा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम गरिएको हो । आइतबार विवाहोत्सव र सोमबार रामकलेवा हुनेछ । यता विवाह पञ्चमीमा सहभागी हुन नेपाल–भारतका विभिन्न स्थानबाट श्रद्धालु जनकपुर पुग्ने क्रम जारी छ । मटकोर कार्यक्रमको अवसरमा आज साँझ बिशेष महगंगा आरती गरिँदै छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु