आज विवाहपञ्चमी
काठमाडौं, १९ मंसिर । आज विवाहपञ्चमी , भगवान श्री राम र माता सीताको वैवाहिक कार्यक्रम अन्तर्गत आज विवाहोत्सव मनाउने गरिन्छ भने भोलि सोमबार रामकलेवा गर्ने परम्परा छ । विवाहपञ्चमीमा सहभागी हुन नेपाल–भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु जनकपुर पुगेका छन् । यसअघि शनिबार मटकोर कार्यक्रम गरिएको थियो ।मटकोरमा जानकी मन्दिरबाट बाजागाजाका साथ स्थानीय महिलाले जनकपुरको ऐतिहासिक गंगासागरमा पुगि विहेको मडवा बनाउनको लागि माटो ल्याएका थिए । साताव्यापी विवाहपञ्चमी महोत्सव मनाइने क्रममा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम गरिएको हो ।