‘नागरिकको सहयोग विना प्रहरी ‘कुहिरोको काग’ जस्तै’

२०७३ मंसिर २० गते, सोमबार

काठमाडौं, २० मंसिर । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले समाज र नागरिकको सहयोग विना प्रहरीको कार्य कुहिराको काग जस्तै हुने बताएका छन् । सिन्धुली सदरमुकाममा सिन्धुलीमाडीमा सुरक्षाका लागि जडित सीसी क्यामेरा र भवन उद्घाटन गर्दै उनले विकाससँगै सुरक्षा चुनौंती समाधान गर्न समाज र हरेक नागरिकको सहयोग अपेक्षित हुने बताए ।
विकाससँग आउने सामाजिक विकृति र विसंगती अन्त्य गर्न सबैको हातेमालो जरुरी रहने उनले बताए । प्रहरी र नागरिक सम्बन्ध सुदृढ बनाउनकै लागि नेपाल प्रहरीले मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, सामाजिक कार्यका लागी सामुदायिक प्रहरी जस्ता अभियान चलाईरहेको महानिरीक्षक अर्यालले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मुग्लिन-काठमाडौँ सडकखण्ड अवरुद्ध

२०८२ आश्विन ७ गते, मंगलवार

दशैं सुरु, आज घटस्थापना

२०८२ आश्विन ६ गते, सोमबार

आज सूर्यग्रहण : नेपालबाट नदेखिने

२०८२ आश्विन ५ गते, आईतवार