आफुलाई खुल्ला पत्र लेख्ने पूर्व लडाकुलाई विप्लवको जवाफी पत्र

काठमाडौँ, २४ मंसिर । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव ले सामाजिक संजालमा खुला पत्रमार्फत आफ्नो नाममा पत्र लेख्ने पुर्व लडाकु विवस कुमार सेजुवालको खुला पत्रको जवाफ सामाजिक संजालमार्फ़त नै जवाफ दिएका छन । वैदेशिक रोजगारीको शिलसिलामा मलेशियामा रहेका पुर्व लडाकु विवस कुमार सेजुवालले नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सम्बोधन गरि लेखेको पत्र एक अनलाईनमा प्रकाशित भएपछी विप्लवले भावनात्मक रुपमा सम्मान गर्दै पत्रको जवाफ दिएका छन् ।
विप्लवले लेखेको जवाफ विना सम्पादन जस्ताको तस्तै –
” प्रिय भाई विवस न्यानो अभिवादन
तपाईको पत्र फेसवुकमा पढने मौका मिल्यो । धेरै टाढाबाट लेखेको पत्र पढ्दा खुसी त लाग्ने नै भयो । पत्र पढ्दा खसी संग संगै म निकै उद्देलित, तरंगित, भावुक र गंभिर भएँ । पत्रलाई तपाइ र मेरो व्यक्तिगत मामिलाको रुपमा नबुझेर नेपाली परिश्रमी युवाहरुले देशका नेताहरुबाट गर्ने अपेक्षा र भावना संग जोडेर बुझेको छु । पत्रका लागि भाइलाई धन्यवाद ।
विवस कमरेड
हामीले जनयुद्ध लड्यौं । नेपालको सामन्तवादी र दलाल पूँजीवदी राज्यसत्तालाई आमुल परिवर्तन गरेर देशमा जनताको राज्य सत्ता नयाँ जनवाद र वैज्ञानिक समाजवाद स्थापना गर्ने सोच्यौं । हामीले नेपाली जनतालाई र नेपाललाई मुक्त गरेर यो सदाब्दीमा नयाँ मानव सभ्यताको थापना गर्ने सोच्यौं । तपाइले भन्नु भए जस्तै अकथनिय विपत्तिहरु झेल्यौं । वास्तवमा हामीले विजय हासिल गर्दै पनि वढ्यों ।
यी सवै कुरा गलत थिएनन् र गलत हुने पनि छैनन् । यी हामी लड्नेको मात्र नभइ नपाली जनता र विश्वका श्रमिक जनता कै गौरबका विषय हुन । हामीले गौरब गर्नु पर्दछ । यसमा कुनै पश्चाताप र गुनासो छैन । भयानक धोक, वेइमानी र पिडाका वावजुद नेपाल आज जहाँ आइ पुगेको छ यसका पछाडि जनयुद्धको नै मुख्य हात छ । यसको तुलना नेपाली इतिहासका कुनै पनि घटना संग हुन सक्दैन ।
यो निश्चित हो कि हाम्रो क्रान्ति, हाम्रो वलिदान र इमान्दारीता माथि संसदवादी राजनैतिक दलहरुबाट असैह्य घात र वेइमानी गरिएको छ । उनीहरुले स्वाधिन देश र अधिकार सम्पन्न जनता बनाउने सहमतिलाई षडयन्त्रपूर्ण ढंगले लत्याउने र उल्टाउने काम गरेकाछन् । त्यसै गरी प्रचण्ड, बाबुरामले पनि कहिल्यई नपुरिने धोकाको चोट दिएकाछन् तर यो राजनैतिक क्रान्ति हो भाई कहिले काही यस्तो हुन्छ । तर धोका, वेइमानी, गद्दारी, घातले इतिहासको अग्रगामी प्रवाहलाई कहिल्यई रोक्न संभव छैन । जनताको रुपान्त्रणकारी चाहनालाई पछि फर्काउन संभव छैन । जार, पोप, च्याँ काई सेक ले हजार कोसिस गरे पनि रोक्न सकेनन् भने नेपालका दलालहरुले रोक्न सक्लान भनेर कल्पना गर्न सकिदैन ।
विवस कमरेड
हामी धुलोबाट उठेका छौं । छलकपटको संघर्षबाट निस्कका छौं । गद्दारीलाई पचाउँदै जागेका छौं । हामीलाई थाहा छ हामीलाई हराउन खेल खेलियो, नेपाली जनता विशेषतः युवाहरुलाई गुलाम वनाउने चाल चलियो, विश्व कै श्रमिक जनताको प्रेणा वन्न थालेको क्रान्तिलाई निभाएर निराश बनाउने षडयन्त्र गरियो तर भाई यो अब संभव छैन ।
जनताका वैरीहरुका सवै जालहरु पछि परेका छन् र जनता नयाँ अभियानमा लामवद्ध हुन थालिसकेका छन् । हाम्रा युववाहरु फेरी थनकाइएका औजारहरु उठाउन तयार भइसकेकाछन् । हामी अर्को इतिहासको निमार्णमा जुटि सकेका छौं । हामीले अठोट गरेका छौं या नेपाली जनताको मुक्ति र सत्ता या वीरता पूर्ण क्रान्तिको निरन्तरता ।
कमरेड
तपाईको पीडा सहजै बुझन सकिन्छ तर पीडामा हुर्केका नेपालीका लागि पीड ठूलो होइन सपना र अठोट ठूलो कुरा हो । हामी जहा भए पनि सपना देख्न छोडनु हुदैन । अरुले के सोच्छन त्यो पनि ठूलो होइन, हामी के गछौं त्यो ठूलो हो । सत्य र न्यायको लागि अगाडि बढे पछि आशंका र भ्रमहरु विश्वासमा वदलिने छन् । मलाई विश्वास छ तपाइको चाहनालाई हामी पुरा गरिछाड्ने छौं । ”