चेली बेच्नेलाई २० वर्ष कैद
चौतारा, ३ असार । जिल्ला अदालत सिन्धुपाल्चोकले चेली बेच्ने एक दलाललाई २० बर्ष कैद सजायको फैसला गरेको छ ।जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको एकल ईजलाशले चेलीबेटी बेचबिखनमा संलग्न गाती वडा नम्बर १ कल्लेरीका ताराबहादुर बस्नेतलाई २० बर्ष कैद सजायको फैसला गरेको हो ।
२९ बर्षीय बस्नेतलाई २०६९ मंसिर ३ मा स्थानीय २६ बर्षीया काइली बस्नेतलाई बिक्री गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो । बस्नेतलाई जिल्ला अदालतको २०६० मंसिर २६ गतेको आदेशले पुर्पक्षका लागि थुनामा राखेको थियो ।