नेपाली जनप्रगतिशील मोर्चा,वेलायत गठन
काठमाडौं, २८ मंसिर । स्वाधिन र समुन्नत नेपालको निर्माणको लागि,एकिकृत जनक्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्नको लागि संगठनको आवस्यकताको महसुस गर्दै वेलायत निवासी प्रगतिशील तथा राष्ट्रवादी साथीहरुको भेलाले नेपाली जनप्रगतिशील मोर्चा वेलायतको भेलाले अधिवेशन आयोजक समिति गठन गरेका छ ।
मुक्तिकामी नेपाली जनताको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्ने, भारतीय विस्तारवादी तथा साम्राज्यवादी हस्तक्षेपको विरोध गर्ने,विश्वका न्याय प्रेमी जनताको आवाजहरुलाई समर्थन गर्ने,प्राकृतिक तथा अन्य विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने,मानवअधिकार उल्लंघनका घटनाहरुको विरोध गर्ने,वेलायतमा रहेका नेपालीहरुको स्थानीय समस्याहरुको समाधानमा सहयोग गर्ने जस्ता उद्धेश्यहरु लिएर कृयाशिल रहंदै आएको प्रगतिशील नेपाली समाज युकेमा विभाजन आएपछि एकिकृत जनक्रान्तिलाई समर्थन गर्ने साथीहरुको पहलमा भएको भेलाले यो समिति गठन गरेको हो ।
उक्त भेलाले नेपाली जनप्रगतिशील मोर्चा , युरोपका केन्द्रिय उपाध्यक्ष टि एन रिजालको संयोजकत्वमा दुइ सदस्य पछि थप्ने गरी एघार सदस्यीय समिति निर्माण गरेको हो । टिका साप्कोटा सदस्य सचिव रहको उक्त समितिमा नविन गौतम,कमला लिम्वु गुरुङ्ग,हिमालमान आङ्गवुहाङ्ग,दिलिप परियार,वुद्ध तमु र रमेश नेपाली सदस्य रहेका छन् । उक्त भेलामा विशेष उपस्थितीको रुपमा रहेका नेपाली जनप्रगतिशील मोर्चा,युरोपका सल्लाहकार प्रेम पाठककले कार्यसमितिका साथीहरुलाई हार्दिक वधाई दिएका थिए । कार्यसमिति गठन पश्चात वसेको समितिको प्रथम वैठकले नविन साप्कोटा र डा पि एन श्रेष्ठलाई मोर्चाको सल्लाहकारमा चयन गरेको छ ।