‘उज्यालाे अभियानविरुद्ध लाग्ने कसैलाई छाेड्दिन’

२०७३ मंसिर २८ गते, मंगलवार

काठमाडौं, २८ मंसिर । ऊर्जामन्त्री प्रभाकरले उज्यालाे अभियानविरुद्ध लाग्ने कसैलाई नछाेड्ने उद्घोष गरेका छन । प्रेस सेन्टर नेपाल मोरङ शाखाले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री प्रभाकरले जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने जानकारी दिए ।उनले जलविद्युत आयोजनाहरुमा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा ऊर्जा मन्त्रालयले मोडालिटी तयार गरिरहेको र त्यो छिट्टै सार्वजनिक गर्ने बताए ।
‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनाहरुमा जनतालाई ३० प्रतिशत शेयर दिने नीति रहेको छ ।
लोडसेडिङ फेरि नफर्काउने गरी मन्त्रालय र विद्युत प्राधिकरणले काम गरिरहेको समेत मन्त्री प्रभाकरले जानकारी दिए । प्राधिकरणभित्रको अनियमितता र भद्रगोल अन्त्य गरी लोडसेडिङ हटाइएको भन्दै मन्त्री प्रभाकरले यसलाई निरन्तरता दिन लागि परेको बताए ।
अँध्यारोको विरुद्ध उज्यालो ल्याउने अभियानमा बाधा हाल्ने कसैलाई पनि नछाड्ने चेतावनी दिँदै मन्त्रालयले स्पष्टीकरण सोधेका ३ जना प्राधिकरण संचालकहरुतर्फ संकेत गर्दै मन्त्री प्रभाकरले उज्यालो अभियानमा अबरोध खडा गर्नेलाई कार्वाही गरेरै छाड्ने दाबी गरे ।

प्रतिक्रियाहरु

[anycomment]