पूर्वका नौं जिल्ला बन्द

२०७३ मंसिर ३० गते, बिहीबार

काठमाडाैँ , ३० मंसिर । संघीय लिम्बुवान पार्टी नेपालले संविधान संशोधन गरी पूर्वी नेपालका नौं जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाईरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै संघीय लिम्बुवानले बिहीबार पूर्वी नेपाल बन्दको आह्वान गरेको छ । बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित बनेको छ । बन्दको कारण विहानैदेखि ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बजार पसल, कलकारखाना र शैक्षिक संस्थासमेत बन्द रहेका छन् । सरकारले संसद्मा पेश गरेको संविधान संशोधन प्रस्तावमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटिएकोमा पार्टीको मुख्य असन्तुष्टि रहेको संघीय लिम्बुवान पार्टी नेपाल ताप्लेजुङका अध्यक्ष कुमार साम्यूले बताए ।

प्रतिक्रियाहरु

[anycomment]