मलेशियामा ‘प्रगतिशील साहित्य समाज’ गठन

२०७३ मंसिर ३० गते, बिहीबार

काठमाडाैँ , ३० मंसिर । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका युवाहरुले ‘प्रगतिशील साहित्य समाज’ गठन गरेका छन् । नेकपा (माओवादी) निकट युवाहरुले अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गत मलेशियामा ‘प्रगतिशील साहित्य समाज’ प्रवास शाखा गठन गरेका हुन् ।
जनसाँस्कृतिक महासंघका केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय विभागका विवशकुमार सेजुवालको संयोजकत्वमा आयुस खडकाको अध्यक्षतामा ९ सदस्यीय ‘प्रगतिशील साहित्य समाज’ मलेसिया शाखाको गठन गरिएको हो ।समाजको सदस्यहरुमा दिप किरण क्षेत्री,टिकाराम ओलि,अर्जुन सुवेदी,भोला घिमिरे,हिमाल चौधरी,सम्भु बस्नेत रन्जनी लगायतका छन।
नेपाली प्रगतिशील साहित्यलाई अन्तर्राष्ट्रियकरण बनाउने, रार्ष्ट्रिय उत्तरआधुनिकतावादी कु-सस्कृतीका विरुद्ध संघर्षको थालनी गर्ने, जनयुद्धको मुल सौन्दर्य शास्त्रलाई छरिएर रहेका नेपाली माझ झन शसक्त बनाउने, दलाल पुजीवादी सस्कृतीका बिरुद्ध अन्तराष्ट्रिय स्थरबाट संघर्षको थालनी गर्ने उद्देश्यकासाथ युवाहरुले साहित्य समाज गठन गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]