सांसदको छातीमा मुक्का !

२०७३ मंसिर ३० गते, बिहीबार

काठमाडौं, ३० मंसिर । एमालेका सांसद लालबहादुर रावल पार्टी मुख्यालय धुम्बाराहीमा नै कुटिएका छन । बझाङ क्षेत्र नं. २ का सांसद रावललाई एमालेकै कार्यकर्ता मानबीर बोहोराले आक्रमण गरेका हुन् । बोहोराले सांसद रावलको छातीमा मुक्का हानेका थिए । पार्टी मुख्यालयमा स्थायी समितिको बैठक चलिरहेका बेला रावलमाथि आक्रमण भएको हो ।
बझाङबाट स्थानिय निकायको पुनर्संरचना आयोगले तयार संरचनामा असन्तुष्ट पक्षको १ टोली मुख्यालयमा डेलिगेशन आएको र उनीहरुको उक्त ज्ञापनपत्रमा रावलले हस्ताक्षर गर्न नमानेपछि उनीमाथि बोहोराले आक्रमण गरेका हुन् । रावलमाथि हातपात भएपछि एमाले नेताहरु ठाकुर गैरे, सुर्य थापा र राजन भट्टराईले छुट्याएका थिए । (फोटो स्रोत–रातोपाटी)

प्रतिक्रियाहरु

[anycomment]