द्घन्द,प्रकृति र प्रेमको त्रिकोणात्मक संगम ‘लज्जावती’

काठमाडौं । शुक्रबार भक्तपुर साहित्यिक समाजको आयोजनामा साहित्यकार जितेन्द्र रसिकद्घारा लिखित छैठौं कृति उपन्यास ‘लज्जावती’ राजधानीको संवाद डबलीमा लोकार्पण भएको छ । पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि एवं समालोचक प्रा.डा. देवीप्रसाद सुवेदीले वर्तमान समाजलाई उपन्यासले प्रतिविम्वित गर्दै चरितार्थ गरेको धारणा रखेका छन् । साथै सुवेदीले विभिन्न आयामबाट औपन्यासिक भाषाहरुको यस उपन्यासमा प्रयोग गरिनु यसको मुख्य विशेषता भएको बताए । जहाँपल सार्त, नित्से जस्ता विस्व चर्चित साहित्यकारहरुले सुरुवात गरेको अस्तित्ववादी धारलाई लेखक एवं सहित्यकार रसिकले समावेश गरकामा आफु हर्षित भएको पनि बताए ।
सो समारोहमा लेखक जितेन्द्र रसिकले आफ्नो उपन्यास विशेष गरेर आध्यात्मिक,सांसारिक र आधुनिक गरेर तीन किसिमका मानव चेतना र गतिविधिहरुको चित्रण गरेर उपन्यासको रचना गरेको वताए । रसिकले लज्जावतीलाई नेपाली समाज र मानव सभ्यताको थेसिस् र एन्टिथेसिस् को टसलबाट जन्मिएको सिन्थसिसका रुपमा जीवन र जगतलाई लज्जावती उपन्यासमा चित्रण गरिएको बताए । ।
त्यस्तै प्रध्यापक तथा समालोचक भगवानचन्द्र ज्ञवालीले पनि पुस्तकको समिक्षा गर्दै हाम्रो वर्तमान समाजमा हुने गरेको अपहरण, दण्ड,प्रेम जस्ता विषयहरु समावेश गरेर उपन्यासाई जिवन्त बनाएको बताए । साथै कलात्मकता र साहित्यात्मक पक्षले दर्शनलाई छोएको र जीवन दर्शनलाई पनि उपन्यासले समावेश गरेको धारणा राखे ।
त्यस्तै कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार एवं लेख दामोदर न्यौपानेले उपन्यासको सम्बन्धमा बोल्दै प्रकृति, द्घन्द र प्रेमको त्रिकोणात्मक विषयलाई साहित्यमा समावेश गरेकाले उपन्यास उत्कृष्ट रहेको धारणा राखे । उहाले दण्डहिनताले मानव जीवनमा पारेको प्रभावको बलियो प्रमाण नै लज्जावती उपन्यास भएको बताउनु भयो । भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मनकर्मीले २२ ओटा खण्डमा विभाजित लज्जावती उपन्यासको प्रत्येक खण्डमा कथाको पूर्णता पाउनु रोचक विशेता रहेको बताए । त्यस्तै सो समाजकी विद्या चित्रकारले पनि पुस्तकमाथि धारणा राखिन् ।
सहित्यकार रसिकको यो पहिलो उपन्यास हो । उनका यस अघि हृदयस्पर्शी छालहरु (गजल सङ्ग्रह–२०६३, तारापुञ्ज(फाँचल सङ्ग्रह–२०६५) एलियनको पृथ्वी भ्रमण(बालकथा सङ्ग्रह– २०७२, काफिया(गजल सङ्ग्रह २०७३) हावा फल्ने रुख (बाल चित्रकथा–२०७३) सहित ६ कृति प्रकाशित छन् । प्रकाशित छन् । उपन्यास ‘लज्जावती’ स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको हो भने भत्तःपुर साहित्यिक समाजले लोकार्पण गरेको हो ।
कृति ःलज्जावती
विधाः उपन्यास
लेखक ः जितेन्द्र रसिक
प्रकाशक ÷ वितरक ः स्वदेश प्रकाशन प्रा.लि
आवरण ः रोशन महत
मुल्य रू. ३०० ।–