सोलुखुम्बुका अर्पणले छुट्टै पहीचान बनाउदैछन् कर्माण्यबाट

२०७३ पुष २ गते, शनिबार

काठमाडौं, २ पुस । सोलुखुम्बुका अर्पण बस्नेत सानैदेखि फिल्ममा हिरो बन्ने सपना बोक्दथे । तर पारीवारीक माहोल र उनको आफ्नो पढाई पनि अलि राम्रो भएकाले उनलाई उनका परीवारले डक्टर बनाउन चाहान्थे । तर कसैको चाहाना र ईच्छाशक्तीको अगाडि दैव पनी झुक्छ भनेझै त्यही भयो अर्पणको जीबनमा । बिज्ञान बिषयमा उच्च शिक्षा हासिल गरेपनि उनको कर्मथलो कलाकारीता बनेको छ ।
केही छोटा चलचित्र म्यूजिक भिडियो र रंगनाटक गरेका बस्नेतको चर्चा यतिबेला अलि फरक कोणबाट चल्न थालेको छ । त्यो चर्चाको बिषय बस्नेतको निर्देशित सर्ट मिडियम फिल्म कर्मान्य हो । कारण, जुन हिसाबले आम मानीसले सोच्छन त्यो सोचमा नै केही परीबर्तन गर्न सकियोस भनेर दुई बर्ष रिसर्च गरेर एच आई एडस् सचेतना संग सम्बन्धीत कथा तयार गरे र त्यहि कथामा आधारीत चलचित्र कर्मान्य बनाए । त्यो अहिले निकै चर्चामा रहेको छ । त्यसोत कर्मान्यमा प्रणव आकाश जो सर्बनाम थ्रीयटरमा उनीसंग संगै अभिनय सिक्छन् ।
आकाशले पनि कथालाई नीकै राम्रो संग लेखिदिएका छन । सन्दीप प्रोख्रेल ,यौवना कार्की लगाएका कलाकारले पनि चरित्रमा राम्ररि न्याय गर्न सकेको देखीन्छ कर्मान्य हेरीसकेश्चात । र देशका केही ठाउमा च्यारीटी शो भईसकेको कर्मान्य हेरीसकेपछि दर्शकको प्रतिक्रिया पनि राम्रै बटुल्न सकेको छ कर्मान्यले ।
बिभिन्न देशका ईभेन्ट अर्गानाईजरले पनी यसको च्यारिटिको लागी चासो देखाएकाले पनी यतीबेला अर्पणको समय कर्मान्यमय भएको छ ।
बस्नेत आफैपनि कर्मान्यलाई आफ्नो जीबनको एउटा सकरात्मक मोड ल्याउने चलचीत्र बन्न सकेको बताउछन । सँगै बस्नेत कर्मान्यबाट नीकै आशाबादी पनी देखिएका छन । त्यसोत रमाईलो प्रसंग के छ भने कर्मान्यको कामले उनलाई केहि कामका लागी अबसर अर्थात अफर पनी आईरहेको छ । हेरौ कर्मान्यले सोलुका अर्पण बस्नेतलाई कहा पुर्याउछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार