विप्लव,वैद्य र मोहनविक्रमले संयुक्त रुपमा संघर्ष गर्ने

२०७३ पुष २ गते, शनिबार

काठमाडौँ , १ पुस । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र नेकपा (माओवादी)का महासचिव विप्लवले अक्टोबर क्रान्ति तथा कम्युनिष्ट पार्टी स्थापना दिवस सँगै मनाउने घोषणा गरेका छन् । शुक्रबार तीन नेताले संयुक्त विज्ञप्ति जारी गरेर आगामी बैशाख ९ गते संयुक्त रुपमा मनाउने घोषणा गरेका छन् । तीनै नेताले भारतको अतक्रिमणविरुद्ध संयुक्त रुपमा संघर्ष गर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘भारतीय विस्तारवादका तर्फबाट भएका राष्ट्रियता –जनस्रोत, प्राकृति सधानस्रोत) माथि गएिको अतिक्रमणका विरद्ध कार्यगत एकता गरी संयुक्त रुपमा संघर्षको कार्यक्रम गर्ने निर्णय गरिएको छ ।’

प्रतिक्रियाहरु

[anycomment]