हिजो आज – रञ्जित बुढा

२०७३ पुष २ गते, शनिबार

भावनामा ऐजेरु पलाय पछि
मनमा रिसले गुड लगाए पछि
भावनाले विचार समाउन सक्दैन
मनले खुशी पाउन सक्दैन
बेखुशी मन
विचार विनाको भावना
नेतृत्व विनाको आन्दोलन
यस्तै यस्तै देखिन्छ
हिजो आज
सङ्घियताको आन्दोलन
सम्विधानको आन्दोलन ।
राष्ट्रीयताको नारा लगाउनेले राष्ट्र नचिनेपछी
अखण्डको नारा लगाउनेले खण्ड नचिनेपछी
नाराले राष्ट्रको आवाज गुन्जाउन सक्दैन
नाराले खण्डित मनहरु एकत्रीत गर्न सक्दैन
नगुन्जिएको नारा
नचम्किएको तारा
पानी विनाको भाडा
उस्तै उस्तै लाग्छ
हिजो आज
भाषणको भाषा
आन्दोलनको आशा
सर्पको गल्ती नदेखी न्याउरी मार्न थालेपछी
माछा मार्ने सीप नभएर पानी धमिलो पार्न थालेपछी
मरेको न्याउरी समाएर रुनुपर्ला
प्यास लाग्दा धमिलो पानी पिउनुपर्ला
पानी विनाको खोला
खाबो विनाको बोला
तुना विनाको चोला
उस्तै उस्तै लाग्छ
हिजो आज
ताप नदिने घाम
मेसो नलागेको काम

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार