एकीकृत जनक्रान्तिका लागि बृहत विद्यार्थी सभा हुने

२०७३ पुष २ गते, शनिबार

काठमाडौँ ,२ पुस । नेकपा (माओवादी)निकट अखिल क्रान्तिकारी ) विद्यार्थी संगठनले स्ववियुलाई लक्षित गरी महेन्द्र क्याम्पसमा एकीकृत जनक्रान्तिका लागि बृहत विद्यार्थी सभा गर्ने भएको छ । क्रान्तिकारीले पार्टीको ८ औं माहाधिवेशन र स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा माघ २५ गते महेन्द्र बहुमुखी क्याम्पसमा बृहत विद्यार्थी सभा हुने शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । विद्यार्थीको हक अधिकार र राष्ट्रियता जनतन्त्रको पक्षमा बहस पैरबी गर्नुको साथै जनबादी, ब्यबहारिक र बैज्ञानिक जनशिक्षाको मूल्य मान्यता र दृस्टि कोणलाई स्थापित गर्ने उद्धेश्यले चुनावमा भाग लिन लागेको हो । संगठनले चुनावमा आफ्नो सम्पुर्ण शक्ति केन्द्रित गरेर जाने भएको हो ।
सम्मेलनमा प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य तथा राप्ती क्षेत्रीय समन्वय समितिका संयोजक नरेन्द्र वि.क.ले आगामी फागुन १४ गते हुन लागेको स्ववियु चुवानलाई मुख्य आधार मानेर बृहत विद्यार्थी सभा गर्ने जानकारी दिएका थिए । शैक्षिक अधिकार प्राप्तीका लागि सम्पूर्ण जिल्लाहरुमा तुरुन्त मागपत्र पेश गर्ने तथा व्यापकरुपमा वालपेन्टिङ र पोष्टिङ गर्ने समेत बताएका हुन । जुन विद्यार्थीका लागि ४५ प्रतिशत गाडी भाडा छुटको व्यवस्था लागु गर्ने,बैज्ञानिक भाडादर लागू गराउने , विभिन्न शिर्षक -उप शिर्षक लिइने अनावश्यक शुल्क खारेज गर्ने ,छात्रवृत्तिको बितरण को अनुगमन गर्ने र अन्य न्युनतम पूर्वाधारको पूरा भए नभएको बारेमा सम्पूर्ण विद्यलय, कलेज जिल्ला शिक्षा कार्यलय र अन्य सरोकार वाला निकायमा व्यापक दवाव दिने र त्यसलाई कार्यन्वयन नगरे संगठनले आन्दोलनको कडा रुपमा लिन सक्ने प्रष्ट पारेका थिए । स्ववियु चुनावमा आफ्नो संगठनको दृष्टिकोण संग जात , धर्म र गोत्र नमिल्ने संग एकता गर्र्न नसकिने समेत जानकारी दिएका हुन ।
साथै आर्थिकमा आत्मनिर्भर रहनको लागि राप्ती समन्वय समितिले त्रैमासिक रुपमा रातो राप्ती प्रकाशण गर्ने भएको छ । आर्थिक पक्षलाई दिगो बनाउने तथा सबैको जनताको निष्पक्ष विचार बाहिर ल्याउने उद्धेश्य प्रकाशण गर्न लागेको हो । – जंग रेउले

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु