पाँच नम्बर प्रदेश बन्द जारी

२०७३ पुष २ गते, शनिबार

काठमाडौं, २ पुस । विभिन्न राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतको संयुक्त संघर्ष समितिले पाँच नम्बर प्रदेश विभाजनको विरोधमा आज दोस्रो दिन पनि १२ वटा जिल्ला बन्दको आह्वान गरेखा छन । पाँच नम्बर प्रदेशअन्तर्गतका बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, रुकुम, प्युठान, दाङलगायतका जिल्ला बन्द आह्वान गरिएको हो । यि जिल्लामा यातायात, पसल, शैक्षिक संघसंस्था सञ्चालन भएका छैनन् । पूर्व–पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
प्रदर्शनकारीले जिल्लामा सदरमुकाम केन्द्रित भएर आन्दोलन चर्काएका छन् । आन्दोलनकारीले आज पनि बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।
सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा प्रदेशका सबैजसो जिल्लामा प्रदर्शन भइरहेको हो ।
यता, गुल्मीमा पनि अनिश्चिकालिन आम हड्ताल भैरहेको छ । गुल्मीमा १८ दिनदेखि बन्द गरिँदा जनजीवन कष्टकर बनेको छ । लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै कठिन बनेको छ । सबै बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]