सडक व्यवसायीलाई उठाए संघर्ष : अन्सारी
काठमाडौँ, ३ पुस । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले बिना विकल्प सरकारले सडक व्यवसायीलाई उठाए संघर्षमा जाने बताएका छन । पूर्व गृहराज्यमन्त्री समेत रहेका अन्सारीले सडक व्यवसायीले संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । सोही कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र अन्य देशमा भएको भए जनताले पार्टी कार्यालयमा ताला लगाइसक्ने बताए । ‘हाम्रा देशका ठूला पार्टीका नेताहरु अन्य देशमा भएको भए जनताले पार्टी कार्यालयमा ताला सलाइसकेका हुन्थे’ अन्सारीले भने ।